२०७७ माघ ४, आईतवार

पारदर्शी र जवाफदेही बनाउन तालिम

सुर्खेत, । समाज जागरण केन्द्र (स्याक)को आयोजनामा पारदर्शिता तथा सामाजिक जवाफदेहिता विषयक तालिमको सञ्चालन भएको छ । ३ दिनसम्म वीरेन्द्रनगरमा सञ्चालित तालिमको बिहीबार समापन गरिएको छ । तालिममा जर्बुटा रामघाट, साटाखानी र वीरेन्द्रनगर नगरपालिकाका १४ जना सहभागी थिए ।

तालिम जिल्लास्थितसेवा प्रदायक सरकारी कार्यालयहरू र गाउँ विकास समितिका प्रतिनिधिहरूलाई जिम्मेवार र पारदर्शी तथा जवाफदेही बनाउनका लागि आयोजना गरिएको कार्यक्रम संयोजक दिनेश पोखरेलले जानकारी दिए । महिला प्रशिक्षण केन्द्रका निमित्त प्रमुख श्याम श्रेष्ठले सानो भएपनि तालिमपछि सिकेका कुरा कार्यान्वयन गर्दा तालिमको महत्व र सिकाई उपलब्धिमा गणना हुने बताएका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै सहभागीहरूले तालिमले आफूहरूमा पारदर्शिता र सेवाग्राहीहरूप्रति जिम्मेवार हुन सिकाएको प्रतिक्रिया दिएका थिए । कार्यक्रमलाई प्रशिक्षकहरू शम्भु शाह र दिनेश श्रेष्ठले सहजीकरण गरेका हुन् । तालिम सञ्चालनमा स्ट्रोमा फाउण्डेशन नेपाल र महिला प्रशिक्षण कार्यालय, सुर्खेतले सहयोग गरेका थिए ।