२०७७ मंसिर १४, आईतवार

स्थानीय तहको सिमाङकनको असहमतिमा साँस्कृतिक कार्यक्रम

सुर्खेत,  । स्थानीय तहको सिमाङकनमा असहमति जनाएर आन्दोलन गरिरहेका साटाखानी बासीहरुले शनिबार आन्दोलनका रचनात्मक कार्यक्रम गरेकाछन् ।

साटाखानी गाविसलाई लेखबेसी गाउँपालिकामा गाभिएपछि असन्तुष्ट बनेका साटाखानी बासीहरुले शनिबार भने साँस्कृतिक कार्यक्रम गरेर बिरोध जनाएकाछन् । संघर्ष समितिले शनिबा खुला गीत तथा नृत्य प्रतियोगिता गरेर बिरोध जनाएको छ ।

प्रतियोगितामा आन्दोलनलाई जोड पुग्ने गीतहरुलाई समाबेश गराइएको सहसंयोजक राजु पौडेलले जानकारी दिए । खुला गीत प्रतियोगितामा नीशा परियार प्रथम, सीता विक द्धितीय र डम्मर पंगालीको टिम तृतीय भएको छ । यस्तै नृत्यतर्फ गीता नेपाली प्रथम, मन्दिरा खड्लुक द्धितीय र लक्ष्मी ढकाल तृतीय भएकाछन् । गीतमा ११ र नृत्यमा १२ वटा टिमको सहभागिता रहेको थियो ।कार्यक्रम संघर्ष समितिका मानबहादुर खड्लुकको अध्यक्षतामा सम्पन्न भएको थियो ।