२०७७ मंसिर १५, सोमबार

सुब्बाकुनामा बन्ने भयो अटो भिलेज साढे ४ बिगाह जग्गा दिने नगर विकासको निर्णय

15820304_1195257593920849_479403669_nसुर्खेत,  । लामो समयदेखि माग भइरहेको अटो भिलेज निर्माण अब पक्का भएको छ । अब सुर्खेतको सुब्बा कुनामा अटो भिलेज निर्माण हुने भएको छ ।

सुर्खेत उपत्यका नगर विकास समितिले अटो व्यवसायीहरुलाई सुब्बाकुनाको साढे चार बिगाह जग्गा अटो भिलेजका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

यो निर्णय क्याबिनेटबाट पास भएपछि औपचारिकरुपमा अटो भिलेज निर्माणको काम सुरु हुनेछ । यहाँको अटो व्यवसायीहरुको संस्था सुर्खेत अटो व्यवसायी संघको पहलमा सुर्खेत उपत्यका नगर विकास समितिले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष ध्रुव चपाईले आफूहरुले अटो भिलेजका लागि सुब्बाकुनामा रहेको चार बिगाह जग्गा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । उनले जगाको निर्णय गरिसकेको भन्दै बाँकी काम सबै मिलेर गर्नुपर्ने बताए ।

‘‘हामीले अर्टाे भिलेजको लागि सुब्बाकुनामा रहेको साढे चार बिगाह जग्गा दिने निर्णय गरेका छौ’’, उनले भने, ‘‘हामी सबै लाग्यौ भने एक, डेढ महिनामा यसको प्रक्रिया पनि पूरा हुन्छ ।’’ नगर विकासले जग्गा उपलब्ध गराउने निर्णय गरेपछि सुर्खेत अटो व्यवसायी संघले पत्रकार सम्मेलन गरी सुर्खेतमा आफूहरुले लामो समयदेखि माग गरिरहेको अटो भिलेज निर्माण अब पूरा हुने बतायो ।

संघले अब सुर्खेतका अटो व्यवसायीहरुले एकै ठाउँबाट सेवा दिने बताउँदै यसले गर्दा बजारको सुन्दरता पनि हुने र फोहोरसमेत कम हुने संघको दावी छ । सुर्खेत अटो व्यवसायी संघले अटो भिलेज निर्माणका लागि धेरैलाई गुहारेको थियो ।
यसअघि तत्कालिन अर्थमन्त्री रामशरण महत हुँदै सरकारलाई पनि ध्यानाकर्षण गराएको थियो । संघले अब कृषकलाई खेती गर्न जमिन, कर्मचारीलाई कार्यालय, विद्यार्थीहरुलाई विद्यालय चाहिएजस्तै अटोमेकानिक्सलाई पनि अटोभिलेज आवश्यक भएको भन्द जग्गाको माग गरिरहेको थियो । अटो भिलेजका लागि नगर विकासले उपलब्ध गराएको जग्गा निःशुल्क भने होइन ।

नगर विकास समितिले जग्गा उपलब्ध गराएर पूर्वाधारसमेत निर्माण गरिदिने र त्यसको जमिनको उपभोग गरबोपत र अन्य पूर्वाधारको भाडा अर्टो व्यवसायीहरुले तिर्ने सुर्खेत अटो व्यवसायी संघका सचिव प्रकाशकुमार शाहीले जानकारी दिए ।
उनले तत्कालका लागि अहिले उपलब्ध भएको जग्गाले अटो व्यवसायीहरुलाई सहज हुने भन्दै दीर्घकालीनरुपमा भने ठाउँ नपुग्ने बताए ।

संघले अटो व्यवसायीहरुको पेशागत हकहितका लागि, सहर बजारको सौन्दर्यता कायम गर्न, ट्राफिक समस्या हल गर्न, वातावरण प्रदुषण हुनबाट रोक्न, सम्पूर्ण सेवा एकै स्थानबाट प्रदान गर्न, अटो औद्योगिक क्षेत्रका रुपमा विकास गर्न, रोजगारी र स्वरोजगार बन्न र बनाउन, व्यवसायीको आर्थिक अवस्था सुधार गर्न, नया÷नया प्रविधिको बारेमा जानकारी लिन र दिने अटो भिलेज आवश्यकताको महसुस गरिएकजनाएको छ ।

यसैबीच, पत्रकार सम्मेलनमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय पदाधिकारीहरुले अटो व्यवसायमा दक्ष जनशक्तिको अभाव भएको भन्दै तालिम केन्द्रको स्थापना गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रमुख अतिथी महासंघका पूर्व अध्यक्ष महेशराज बज्राचार्यले सैद्धान्तिक ज्ञान लिएकाहरु यो पेशामा आउनै नचाहने गरेको भन्दै अब प्रशिक्षण केन्द्र निर्माण गर्नुपर्ने बताए ।

यस्तै, महासंघका नवनिर्वाचित महासचिव ठाकुरप्रसाद न्यौपानेले अटो मेकानिक्सको काम पढेकाहरुले गर्न नचाहने र सरकारबाट पनि सहयोग नगरेको बताए ।

उनले यो महासंघ दलहरुको भातृ संगठन नभएकोले दलहरुले पनि सहयोग नगरेको गुनासो गरे । पत्रकार सम्मेलनमा बोल्दै अटो मेकानिक्स व्यवसायी संघ, काठमाडौंका अध्यक्ष दिपक खड्काले आफूहरुको संरक्षण नै नभएको भन्दै अहिले पनि थुप्रै चुनौतीहरु रहेको बताए ।