२०७७ माघ १२, सोमबार

मंगोलको प्रथम सुर्खेत अधिवेशन सम्पन्न

15781002_1063757627080720_8285338102358612533_nसुर्खेत,  । जिल्लाको वीरेन्द्रनगरमा मंगोल नेशनल अर्गनाइजेशनको २८ औं स्थापना दिवस तथा प्रथम सुर्खेत जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशनबाट सुर्खेत जिल्लाका अध्यक्ष नरबहादुर दर्लामी मगरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यवाहक प्रेसिडेण्ट बुद्धलाल मेचेलाई प्रेसिडेण्ट प्रमुख आतिथ्यता रहेको थियो ।

जिल्ला अधिवेशनले नरबहादुर दर्लामी मगरको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन भएको छ । अधिवेशनमा बोल्दै प्रमुख अतिथि बुद्धलाल मेचेले संसारका सम्पूर्ण मुलवासीहरुको एकताको खाँचो रहेको बताए ।

मेचेले हिसांको राजनीति होइन, विचारको राजनीति हुनुपर्ने बताए । यसैगरी, सचिव सन्तोष तामाङ, कोषाध्यक्ष दिनेश वान्तवा, प्रवक्ता थमन बुढा मगर, प्रचार सचिव आङदावा शेर्पा, पूर्व मूल सचिव तथा वरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमाल, वरिष्ठ केन्द्रीय सदस्य सूर्यकुमार गुरुङ, वरिष्ठ सदस्य दिलीप याङ्गमा, वरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामा, केन्द्रीय सदस्य टोमराज थाम्सुहाङ, केन्द्रीय सदस्य कल्पना थापा मगर लगायतले सभामा बोल्दै बुद्धलाल मेचेले डा.गोपाल गुरुङका अधुरा सपनाहरु अबको पाँच वर्षभित्रै सफल पार्ने मन्तव्यमा बताएका थिए ।