२०७७ माघ ३, शनिबार

सुर्खेतमा अंग्रेजी पत्रिका ‘सन्डे मिरर’

sun-001सुर्खेत, पुस १ ८ । यहाँको वीरेन्द्रनगरबाट ‘सन्डे मिरर’ अंग्रेजी साप्ताहिक पत्रिका प्रकाशन सुरू भएको छ । सोमबारदेखि प्रारम्भ सुरू गरेको यो पत्रिका प्रदेश नं. ६ के पहिलो अंग्रेजी साप्ताहिक पत्रिका भएको दावी सञ्चालक समितिले गरेको छ । पत्रिकाको विमोचन सोमबार एककार्यक्रमकाबीच गरिएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक भक्तबहादुर खड्काले पत्रिकाको विमोचन गरेका हुन् । पत्रिकाको विमोचन कार्यक्रममा सहभागी अतिथीहरूले सुर्खेतबाट अंग्रेजी पत्रिका प्रकाशन हुनु सुर्खेती पत्रकारितामा नया आयाम भएको बताएका थिए ।

विमोचन कार्यक्रममा पत्रिकाका सम्पादक क्षेत्र तिमिल्सेनाले आफूहरूको पहिलो प्रयास भएको भन्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चच भारती, अग्रज पत्रकार बालाराम शर्मा, मप विश्वविद्यालयका अनुसन्धान केन्द्रका दिपबहादुर रावललगायत विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरू तथा राजनीतिक दलहरूका प्रतिनिधिहरू र सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।