२०७७ माघ ११, आईतवार

जनहितकारीको साधारणसभामा सम्मान

सुर्खेत, । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि., वीरेन्द्रनगर–३ ले आफ्नो १८ औं स्थापना दिवसमा वि भिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । संस्थाले सामाजिक कार्यममा, कला क्षेत्रमा, सहकारीको क्षेत्रमा योगदान पु¥याउने विभिन्न साधकहरूलाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट सहयोग पु¥याउने सुर्खेतपत्र दैनिक, सहकारीहरूको क्षेत्रबाट टेकबहादुर शाही, समाजसेवाको क्षेत्रबाट बालाराम शर्मा, कला संस्कृतिको क्षेत्रबाट खम्बराज गिरी, ज्येष्ठ सदस्यहरूबाट मनिराम कँडेलसंस्थापक सदस्य यामबहादुर सारूलाई सम्मान गरिएको छ ।

सुर्खेतपत्र दैनिकका सम्पादक ललित बसेलले सम्मानपत्र ग्रहण गरेका थिए । संस्थाले ज्येष्ठ शेयर सदस्य जामित्रा कँडेल र देवीलाल लामिछानेलाई मासिक ३ सयका दरले पोषण भत्ता प्रदान गरेको छ । स्थापना मूल समारोह समितिका संयोजक तीर्थराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक चाँदनी ढकाल, छवि निमाविका प्रअ विमला भारती लगायतले भनाइ राखेका थिए ।