२०७७ मंसिर ८, सोमबार

साझाको छैठौं वार्षिक साधारणसभा

सुर्खेत,  । साझा बचत तथा ऋण सहकारी संस्था लि. लाटीकोइली, सुर्खेतको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा अध्यक्ष मदन खड्काद्वारा प्रस्तुत प्रगति प्रतिवेदन पारित गरिएको छ ।

संस्थाले चालु आर्थिक वर्षमा साढे ९ करोड बराबरको कारोबार गरेको छ भने शुद्ध मुनाफा १ लाख ५१ हजार रूपैयाँ रहेको छ । कार्यक्रममा जिल्ला सहकारी संघ, सुर्खेतका सञ्चालक विष्णु बरालले सहकारीको मूल मर्म र मापदण्डभित्र रहेर काम गरे आर्थिक विकासका लागि सहयोग पुग्ने बताएका थिए । उनले साझा सहकारी संस्थाले पनि छोटै समयमा धेरै नै प्रगति गरेको भन्दै यो सहकारीका लागि महत्वपूर्ण र प्रशंसनीय कुरा भएको बताए ।

कार्यक्रमका विशेष अतिथि पत्रकार महासघ, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले नेपालमा सहकारी क्षेत्रले राज्यको तीन खम्बे अर्थनीति अन्तर्गतको कार्यक्रममा सहयोग पु¥याएको भन्दै देशैभरी छरिएर रहेका सहकारीले समाजमा आर्थिक रूपमा विकास गर्न योगदान दिएको बताए ।

कार्यक्रममा राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य प्रबल शाही, कर्ण अधिकारी, सहकारी बैंक सुर्खेतका प्रबन्धक भुपेन्द्र योगी लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष मदन खड्काले ८ सय बढी सहकारी संस्थाका सदस्यहरूको योगदानले नै सहकारी छैंठौं वर्षमा प्रवेश गरेको भन्दै सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणि र कर्मचारीलाई सम्मान गरेको थियो ।