२०७७ माघ ४, आईतवार

क्लब गठन गर्दै कार्यक्रम गर्दै नेल्ट

सुर्खेत,  । नेपाल अंग्रेजी भाषा शिक्षक संघ, सुर्खेतले सुरूवात गरेको नेल्टा इन स्कुल अभियान अन्तरगत सुर्खेत जिल्लाका विभिन्न स्कुलहरूमा नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने कार्यलाई तीब्रता दिएको छ ।

नेल्टा, सुर्खेतले नेल्टा क्लबलाई दिइएको निर्देशनअनुसा र हरेक विद्यालयहरूमा जीवनमा अनुशासनको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सन्चालन गरी प्रथम हुने हरूबीच जिल्ला स्तरीय प्रतिस्पर्धामा सहभागी गराउने कार्यक्रम तय गरिएको नेल्टा, सुर्खेतका अध्यक्ष विष्णुकुमा र खड्काले जानकारी दिए ।

उनका अनुसार पुस महिनाभरी सुर्खेतका पूर्व र पश्चिम भागमा रहेका विद्यालयहरूमा नेल्टा क्लब गठन गर्ने, फोकल पर्सनहरूको भेला गर्ने, जिल्ला समन्वय समिति बनाउने र अभिमुखीकरण तालिम सञ्चालन गर्ने कार्ययोजना तय गरिएको छ । यसैबीच, सरस्वती माध्यमिक विद्यालयघाट गाउँमा भरत आचार्यको अध्यक्षमा सरस्वती नेल्टा क्लबको गठन गरिएको छ ।

जसको उपाध्यक्षमा खगिसरा थापा, सचिव मा एकेन्द्रप्रसाद खनाल, कोषाध्यक्षमा दुवीसरा राजी र सदस्यहरूमा शंकर रिजाल, कृष्ण आचार्य, उर्मिला जैसी, विष्णुविवेक ढुङ्गाना, विशाल शाही र बबिता बिष्ट रहेका छन् भने फोकल पर्सन देवेन्द्र रावल र सल्लाहकार समितिमा सयोजक रत्न प्रसाद गौतम र सदस्यहरूमा प्रेमबहादुर देवा र जयकृष्ण देवा रहेका छन् ।

यसैगरी, सोनिया घर्तीको अध्यक्षतामा ह्युरिष्टीक नेल्टा क्लबको गठन गरिएको छ । जसको उपाध्यक्षमा अनु कोइरला, सचिवमा विष्णु बयक, सह–सचिवमा गायत्री सापकोटा, कोषाध्यक्षमा मनिषा सापकोटा र सदस्यहरूमा लोकेन्द्र सिंह, किशोर चपाई, विजय ज्ञवाली, निशान्त आले, रोशन थापा र बिराट शाही रहेका छन् भने फोकल पर्सन गोपाल वली र सल्लाहकार समितिमा संयोजक गायत्री राना र सदस्यहरूमा हस्तबहादुर ठाडा र जीवनकुमार वली रहेका छन् ।