२०७७ मंसिर १५, सोमबार

संसद अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक पद्धती अँगाल्यो ः मन्त्री केसी ‘मेरो जीवनयात्रा’ सार्वजनिक

unnamed-3काठमाडौं, १९ पुस । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगालेको आरोप लगाएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेवपालमा जयराम दवाडीद्धारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री केसीले संविधान सभाबाट संविधान जारी गर्ने २००७ साल देखिको सपना ६५ बर्ष पछि पुरा भएको र यहि उपलब्धिलाई मध्येजनर गरेर अघि बढ्नुको साटो संसद बन्द गरेर मुलुकलाई असहज स्थितिमा लैजाने काम एमालेले गरिरहेको आरोप लगाएका हुन्।

मन्त्री केसीले संविधान कार्यन्वयनको विकल्प नभएको भन्दै अहिले उठेका असन्तुष्टीका आवाजलाई सम्बोधन गर्नको लागि पनि संविधान संशोधन आवश्यक रहेको बताए ।

उनले भने,‘अहिले जुन प्रस्तावको बिषयमा छलफल भईरहेको छ, यो बिषयलाई फेरी पनि कुनै दिन संशोधन गर्नुपर्ने हुनसक्छ, त्यतिबेला फेरी संशोधन हुन्छ, त्यसैले यसको बिरोध भन्दा पनि संसदको नियम र हिजो मात्रै संशोधनको बिषयमा सर्वोच्च अदालतले दिएको आदेशलाई ग्रहण गर्नुपर्छ ।’

पुस्तकको बारेमा टिप्पणी गर्दै केसीले पुस्तकमा समावेस पक्ष र बिषयहरू भावि पुस्ताले ग्रहण गर्न लायक र जीवनमा अत्यावश्यक रहेको भन्दै राजधानीमा जन्मेर देशका कुनाकन्दरामा पुगेर बिद्यालय खोल्ने, शिक्षाको दियालो सल्काउनेजस्तो निक्कै महत्वपूर्ण काम गरेका समाजसेवी, राजनीतिज्ञ एव्म साहित्यकार जयराम दवाडीको आमुल परिवर्तन र शिक्षा क्षेत्रमा अनुकरणीय योगदान रहेको भन्दै प्रशंसा गरे।

फरक प्रसँगमा आफु बिगत केही दिनदेखिनै अस्वस्थ भएकाले हिजो संसदमा देखिएको दृश्य स्वभाबिक भएको भन्दै गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने बताए ।

उनले भने,‘एक्कासि मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन।’

त्यस्तै नेपालवाणी नेटवर्कका समाचार निर्देशक दामोदर दवाडीले ‘मेरो जीवनयात्रा’का लेखक जयराम दवाडी समाजका तारा र शिक्षा क्षेत्रका नक्षत्र रहेको भन्दै पुस्तकभित्र समावेश रचना, लेखहरूले भावि समाजलाई सकारात्मक दिशा निर्देशित गर्ने विश्वास व्यक्त गरे।

उनले भने,‘जीवनका बारेमा उहाँले लेख्नु भएका अनुभुति र सत्यतालाई नजिकबाट हेर्दा प्रकाशित गरौँ भन्ने लाग्यो, र आज त्यसैको परिणाम मेरो जीवनयात्रा बजारमा आयो।

सुरेन्द्रराज दवाडीको सभापत्विमा आयोजित कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पुस्तकका लेखक दवाडी समाजका अत्यन्तै सम्मानित व्यक्तित्व र आफ्ना गुरु भएकोले पनि आफूले जीवनभर उनीप्रति श्रद्धा र सम्मान रहिरहने स्पष्ट पारे।

उनले भने‘उहाँले पढाएका धेरै ब्यक्ति शिक्षा मन्त्रीसम्म बनिसकेका छन्, र भोलि दिनमा देशको माथिल्लो निकायमा पुग्ने सम्भावना रहेको छ, उहाँले पढाएका मान्छेहरू आज जुन काममा लागेका छन्, ती सबै राज्यको महत्वपूर्ण स्थानमा छन्।’ शैक्षिक रुपान्तरणको लागि लेखक दवाडीले खेलेको भूमिका अतुलनीय रहेको बताउँदै उनको पुस्तकलाई नेपाल अधिराज्यभरि पुर्याउनको लागि र प्रचारप्रसारको लागि मिडियाको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने समेत धमलाले बचन दिए।

त्यस्तै कार्यक्रममा फर्णेनद्र धमलाले ३३ बर्षे आफ्नो अध्यापन अनुभूतिको प्रत्यक्ष प्रेरणा रहेको भन्दै राज्यले शिक्षकलाई निजामति कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने बताए । पुस्तकको बारेमा बोल्दै हरि अधिकारीले जीवन र जगत त्यसैगरी चुरेभावर आन्दोलनले राज्यलाई दिएको योगदानका बिषयका नजिक रहेका लेखक दवाडी समाजका परव्यक्ति भएको बताए ।

उनले भने,‘यो पुस्तक सबैले पढ्ने आवश्यक छ, जीवनमा जति पनि भोगाई हुन्छन् ति हरेक मान्छेको जीवनमा एकनास भएर आएका हुन्छनन्, मानिसले आफ्नो जीवनको यात्रामा गरे भोगेका बिषयलाई प्रकाशनमा ल्याउन जो कोहीले ल्याउन सक्दैनन, उहाँले सक्नु भयो फेरी पनि यस्ता पुस्तक रचना गर्नसक्नुस भन्ने कामना छ ।’

पत्रकार महासंघ नेपालका पूर्व महासचिव ओम शर्माले पछिल्लो समय गाउँ छोेडेर शहर पसेका धेरैले गाउँलाई भुलेको गुनासो पोख्दै भने,‘तर राजधानिमा जन्मेर पनि गाउँका अध्याँरा कुनालाई शिक्षाको माध्यमले उज्यालो बनाउनेजस्तो महान काम लेखक दवाडीले गर्नुभयो, यो आफैमा प्रशंसनीय हो।’

उनले पुस्तक अत्यन्तै समसामयिक विषयमा केन्द्रित रहेर बाहिर आएको चर्चा गर्दै भावि पीढिका लागि पनि स्वयम यो पूस्तक फलदायी हुने विश्वास व्यक्त गरे। उलने पनि पुस्तकको प्रचारप्रसारको लागि आफूलेपनि सक्दो सहयोग गर्ने वचन दिए।