२०७७ माघ ५, सोमबार

अटो भिलेजको सकारात्मक निर्णय– ‘सम्पादकीय’

सुर्खेतमा फोर लेन सडक निर्माणले गति लिइरहेको छ । सडक वरपरका विभिन्न भौतिक संरचनाहरू हटाउने प्रक्रियाको सुरूवात भईसकेको छ । जस्तो बिजुलीका पोल, टेलिकम र खानेपानीका पाइपसमेत हटाउने या व्यवस्थापन गर्नेतर्फ सरोकारवाला लागेको देखिन्छ ।

सडक छेउैमा राखिएका अटो व्यवसायीहरूले पनि सडकलाई फराकिलो होइन झन्–झन् समस्या पार्दै आइरहेका थिए । जिल्लामा देखिएको सवारी साधनहरूको चाप, सहरमा देखिएको प्रदूषण र यसले पार्ने असरहरूलाई मध्यनजर गर्ने हो भने अटो मेकानिक्स व्यवसायीहरूको वैकल्पीक स्थानको खोजी गरिनैपथ्र्यो ।

अन्ततः जग्गा उपलब्ध गराउने निर्णयले केही हदसम्म विकल्पको खोजी भएको छ । र लामो समयदेखि माग भइरहेको अटो भिलेज निर्माण अब पक्का भएको छ । अब सुर्खेतको सुब्बाकुनामा अटो भिलेज निर्माण हुने भएको छ ।
सुर्खेत उपत्यका नगर विकास समितिले अटो व्यवसायीहरूलाई सुब्बाकुनाको साढे चार बिगाह जग्गा अटो भिलेजका लागि उपलब्ध गराउने निर्णय गरेपछि यो सम्भव भएको हो । यो निर्णय क्याबिन ेटबाट पास भएपछि औपचारिकरूपमा अटो भिलेज निर्माणको काम सुरू हुनेछ ।

यहाको अटो व्यवसायीहरूको संस्था सुर्खेत अटो व्यवसायी संघको पहलमा सुर्खेत उपत्यका नगर विकास समितिले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । लामो संघर्ष र ठूलो आन्दोलनपश्चात् प्राप्त यो जग्गाको सदुपयोग हुनेछ । त्यो सँगै अब करिब एक दशक जति अटो मेकानिक्सहरूको समस्या सुल्झिएको छ ।

यो सकारात्मक कुरा हो । तर आगामी दिनमा फेरि अरू ठूलो आकारमा यि व्यवसायीहरूलाई जग्गा चाहिने अवस्था आए कुन स्थान जाने या उपत्यका बाहिरको अवस्था के भनेर पनि विकल्प खोज्न जरूरी छ । यसले मात्रै दिर्घकालीन समाधान हुन सक्छ । नत्र केही समयका लागि त यो समस्या समाधान होला तर दिर्घकालीनरूपमा यो प्रदेशको केन्द्र र केन्द्रमा पनि सवारी साधनहरूको चाप बढिरहेको अवस्थामा यसको दिर्घकालीन समाधानका लागि अहिलेदेखि नै व्यवसायी र नगर विकास समितिले योजना बनाएर लागोस् ।