२०७७ कार्तिक १३, बिहीबार

स्ववियु निर्वाचनको मिति सार्न माग

sbauसुर्खेत, साउन १६ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति सार्न विभिन्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
विशवविद्यालयले आगामी भदौ ८ गतेका लागि तोकेको मिति विद्यार्थीहरुका लागि प्रतिकुल भएको भन्दै विद्यार्थी संगठनहरुले मिति सार्न माग गरेका हुन ।

नेत्रविक्रम चन्द नेतृत्व र बैद्य नेत्वको माओवादीको अखिल क्रान्तिकारी र जनमोर्चाको अखिल छैटौले संयुक्त रुपमा विज्ञप्ति निकाली वर्षाको समय विद्यार्थीको न्यून सहभागिता हुने भन्दै मिति सार्न माग गरेका हुन । विज्ञप्तिमा विश्वविदालयका अन्य समस्याहरुका सम्बोधन नगरेरै अहिले विद्यार्थी युनियनको चुनावको मिति तोकिनु गलत भएको जनाइएको छ ।

यसै विषयलाई लिएर विशवविद्यालयका पदाधिकारीहरुलाई यस अघि नै ध्यानाकर्षण गराइएको तर अहिलेसम्म कुनै वास्था नगरिएको भन्दै आफ्ना मागहरुलाई वास्था नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ । विश्वविद्यालयले केही विद्यार्थीहरुलाई मात्रै सहभागी बनाएर चुनाव गराउन लागेको भन्दै संघर्ष समितिका संयोजक भिम कठायतले यस्तो गरिए कडा आन्दोलन गर्ने बताए । यो समितिको सचिवालयमा धर्मराज दानी, रोशन शाही, हरिबहादुर बुढा, कमलसिंह बुढा रहेका छन् ।