२०७७ मंसिर १०, बुधबार

मोडेल कलेजमा खेलकूद कार्यक्रम सुरु

सुर्खेत,। यहाको वीरेन्द्रनगर नगरपालिका–१०, खजुरामा रहेको सुर्खेत मोडेल कलेजमा मंगलबारदेखि छैठौं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकूद प्रतियोगिताहरू सुरू भएका छन् ।

प्रतियोगिता मंगलबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । प्रतियोगितामा कलेजमा अध्ययनरत विद्यार्थीहरूले छात्र–छात्रा फुटबल, छात्र–छात्रा भलिबल, छात्र–छात्रा बुद्धिचाल, १०० मिटर र ३ हजार मिटरको छात्रा र छात्र दौड, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस एकल र डबल, कुर्ची दौड प्रतियोगिता लगायतमा सहभागिता जनाउनेछन् । सम्पूर्ण प्रतियोगितामकलेजका साढे तीन सय ८० जना विद्यार्थीहरूले भाग लिएको कलेजले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन सत्रमा टेबुल टेनिस छात्रतर्फ एकल र डबल, छात्रातर्फ एकल ब्याडमिन्टन प्रतियोगिता र छात्रतर्फ फुटबल प्रतियोगिताहरू सम्पन्न भएका छन् । यस्तै, हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको कलेजले जानकारी दिएको छ । कलेजको वार्षिकोत्सवकाअवसरमा माघको ८ गते मावि (दश जोड दुई) जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको समेत आयोजना गरिने कलेजले जनाएको छ ।