२०७७ मंसिर १६, मंगलवार

गाउमा सडक पुगेपछि खुसीयाली

सुर्खेत,  । लेखपराजुल गाविस वडा नं. ७ अवलपराजुलमा गाडी पुगेपछि स्थानीयबासीमा खुसियाली छाएको छ ।
अवलपराजुलदेखि छिञ्चु बजार जोड्ने सडकको निर्माण कार्य सम्पन्न भई गाडी नै गाउँ पुगेपछि अब बजारसँग जोडिएको भन्दै स्थानीयबासी खुसी भएका हुन् ।

गाउँमा बाटो पुगेपछि आफूहरूलाई तरकारी बेच्न सजिलो हुने, बिरामी पर्दा छिटो अस्पतालसम्म पु¥याउन सकिने भन्दै स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।
साढे १२ किलोमिटर कृषि सडकको औपचारिकरूपमा उद्घाटनसमेत गरिएको छ । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष श्याम परियारकासभापतित्व तथा गाविस सचिव लालबहादुर खड्काको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक सम्मेलन समितिका सदस्य नरेन्द्र कार्कीको विशेष आतिथ्यतामा सडकको उद्घाटन गरिएको हो ।