२०७७ मंसिर १४, आईतवार

जग्गा टुक्रा गरेर बेच्न नपाउने भएपछि आन्दोलन

सुर्खेत,  । यहाका जग्गा कारोबारीहरूले आफूहरूले टुक्रा गरेर जग्गा बिक्री गर्न नपाउने भएपछि आन्दोलन सुरू गरेका छन् । अव्यवस्थित बसोबास व्यवस्थापन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जारी भएको मार्गदर्शनअनुसार टुक्र्याएर जग्गा खरिद–बिक्री गर्न नपाइने भन्दै नगरपालिकाले सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

नगरपालिकाले गत ९ गते सूचना निकालेपछि आफूहरू मर्कामा परेको भन्दै जग्गा कारोबारीले एक्कासी मंगलबार वीरेन्द्रनगर नगरपालिको कार्यालयमा केही समय तालाबन्दी गरेका थिए । वीरेन्द्रनगरनगर पालिकाको कार्यालय, सुर्खेतले सुर्खेतको वीरेन्द्रनगरमा जथाभावी जग्गा टुक्र्याएर खरिद–बिक्री बढिरहेको भन्दै यस्तो कार्य रोक्नका लागि सार्वजनिक सूचना निकालेको बताएको छ ।

तर उक्त सूचना आफूहरूको हितविपरीत भएको भन्दै सुर्खेतका जग्गा कारोबारीहरूले विरोध स्वरूप विनाजानकारी वीरेन्द्रनगर नगरपालिकाको मूख्य प्रवेशद्वारमा ताला लगाएका थिए । वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रश ा सक ी य अधिकृत प्रकाश पौडेलका अनुसार विना जानकारी नगरपालिका पुगेका केहीव्यक्तिहरूले लगाएको ताला करिब १५ मिनेटपछि खोलिएका थियो ।

विना जानकारी तालाबन्दी गर्न नपाईने भन्दै ताला खोल्नका लागि अनुरोध गरेपश्चात् उनी हरूले ताला खुलाएको पौडेलको भनाइ रहेको छ । हाल वीरेन्द्रनगर नगर पालिकामा समावेश भएका लाटीकोईली, उत्तरगंगा जर्बुटालगायत वीरेन्द्रनगरका केही वडाहरूमा जथाभावी ज ग्गा खण्डीकरण गरी बिक्री वितरण हुन थालेपछि उक्त कार्य रोक्नका लागि नगरपालिकाले सूचना निकालेको थियो ।

उक्त सूचनाप्रति आपत्ति जनाउँदै तालाबन्दी गरिएको पौडेलले जानकारी दिए । तालाबन्दी खुलेपश्चात् आफ्ना मागहरू पूरा गर्न आग्रह गर्दै उनीहरूले सामुहिकरूपमा ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय, सुर्खेतलाई बोद्धार्थ बनाएर उनीहरूले उक्त ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा झंकराज काफ्ले, ज्ञानु सापकोटा, महेन्द्रबहादुर शाही र निरकजंग शाहीले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । साथै आज ( बुधबार) १२ बजेसम्म आफूहरूलाई ठोस निर्णय नदिएको खण्डमा थप आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख ग िरएको छ । नगरपालिकाका कार्यकारी अधिकृत नभई आफूहरूले समयमै सेवा पाउन नसकेको उल्लेख गर्दै छिटोभन्दा छिटो आफूहरूको हितमा निर्णय गर्नका लागि उनीहरूले आग्रहसमेत गरेका छन् ।