२०७७ माघ १४, बुधबार

म पढेर भविष्यमा डाक्टर बनेर अरूको सेवा गर्ने इच्छा छ ।

dsc01653विद्यालयको वातावरण, विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफ्ना सन्तानप्रति दर्शाउने अभिभावकत्वजस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रश्नहरू तेस्र्याउँछौ । केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिधित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछाँै । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनिधि पात्रका रूपमा उषा बालबाटिका माध्यमिक विद्यालय कक्षा ३ मा अध्ययनरत छात्रा अञ्जु सिंजापति मगरलाई भेटाएका छौ। प्रस्तुत छ, सिंजापति मगरसँग इनया नेपालकर्मी नरजन तामाङ्गले गरेको कुराकानीको संक्षेप
 कस्तो चल्दैछ पढाई ?

राम्रैस“ग चलिरहेको छ पढाई ।

 पढाई कस्तो भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?

शिक्षक–शिक्षिकाहरूले हाम्रो भावना बुझेर पढाईदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।

 घरमा कत्तिको स्व–अध्ययन गर्नुहुन्छ नि ?

घरमा बेलुका २ घण्टा र बिहान १ घण्टा पढ्छु ।

 अहिलेको उषा बालबाटिका माध्यमिक विद्यालयको जुन वातावरण छ, यो वातावरण पढाईको लागि कस्तो लाग्छ नि ?

ठीकै छ । आफ्नो विद्यालयको पढाई सबैलाई राम्रै लाग्छ ।

 कुन शिक्षकले पढाएको तपाईलाई राम्रोस“ग बुझे जस्तो लाग्छ ?

सबै शिक्षक–शिक्षिकाहरूले पढाएको बुझ्छु तर अझै मलाई विज्ञान विषयका टिका रास्कोटी मेडमले पढाएको राम्रो बुझे जस्तो लाग्छ ।

 तपाई भविष्यमा के बन्न चाहनुहुन्छ ?

म पढेर भविष्यमा डाक्टर बनेर अरूको सेवा गर्ने इच्छा छ ।

 तपाई धेरै जनाको बीचमा पढाएको बुझ्नु हुन्छ ?

मेरो कक्षामा ३१ जना विद्यार्थीहरू छन् । ध्यान दिएर सुनेमा बुझिन्छ ।

 तपाई अगाडि बसेर पढिरह“दा तपाईको साथीहरूले पछाडीबाट पढाईमा ‘डिस्टर्ब’ गर्दा कस्तो लाग्छ ?

सार्थीहरूले हल्ला गरेमा साह्रै दुःख लाग्छ । सरहरूलाई भनेर सम्झाउन पठाउ“छु ।

 तपाईलाई तपाईको विद्यालयका मन नपर्ने पक्षहरू के–के हुन् ?

मेरो विद्यालयमा खासै नराम्रो पक्ष छैन ।

 तपाईको विद्यालयको राम्रा पक्षहरू के–के हुन् जस्तो लाग्छ ?

मेरो विद्यालयमा दक्ष शिक्षक–शिक्षिकाहरू छन् । खानेपानीको राम्रो व्यवस्था छ । खेलमैदान पनि छ । शौचालयको व्यवस्था छ, यिनै हुन् ।