२०७७ कार्तिक ९, आईतवार

तीज बिशेष साँस्कृतिक तथा सम्मान कार्यक्रम हुने

cropped-logo-1सुर्खेत, साउन १५ ।
अगामी भदौ ११ गते सुर्खेतको वीरेन्द्रनगरमा तीज विशेष साँस्कृतिक तथा सम्मान कार्यक्रम हुने भएकोछ । दिदी नेपालको आयोजनामा साँस्कृतिक तथा सम्मान कार्यक्रम हुन लागेको हो ।

राज डान्स सेन्टर सुर्खेतको सह–आयोजनामा हुन लागेको कार्यक्रममा करिब साढे ५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा रहेर महिला सशक्तिकरण र महिला अधिकारका पक्षमा काम गर्ने महिलाहरुलाई सम्मान गरिने छ ।

साँस्कृतिक तथा सम्मान कार्यक्रम संचालन गर्नका लागि आयोजक, सहआयोजकका साथै, व्यानरहरु प्रायोजनबाट रकम उठाइने दिदी नेपाली संस्थाका अध्यक्ष नन्दा बस्यालले जानकारी दिइन ।