२०७७ मंसिर ९, मंगलवार

छाउपडी कागजमा होईन मस्तिष्कबाट हटाउ

uuuथारु समुदायको विशेष थारु बस्तीमा जन्मेर हुर्केको कारणले होला छाउपडीको बारेमा धेरै पछि थाह पाईयो । थारु समुदायमा छोरी मान्छे कहिले महिनावारी हुन्छ भन्ने विषयमा आमा बुवा कुनै किसिमको खोजनीति गर्दैन्न । थारु समुदायमा छोरी महिनावारी भएको बेला समान्य अवस्था जस्तै सबै काम गर्न सक्छ । अहिले पनि छाउ भनेको के हो भन्ने विषयमा थारु समुदायका धेरै जना अनविज्ञ छन् । किनकी थारुहरु छाउ मान्दैनन् ।
म विगत लामो समयदेखि पहाडी समुदायसंगको संगतले छाउको विषयमा धेरै कुरा सुनेकी थिए । पत्रकारीता क्षेत्रमा आईसकेपछि मैले कैलालीको सदरमुकाम धनगढी बजारको एउटा बाहुनको घरमा डेरा गरेर बस्न थाले । उनीहरु हरेक महिना म महिनावारी हुन्छु की हुदैन भनि छड्के जाँच गर्थे । तर मैले महिनावारी भएको समय उनीहरुलाई कहिलै भनेन । जहिले आलताल गरिरहे । उनीहरु मलाई पनि महिनावारी भएको बेला छाउ बस्न बाध्य पार्थे । महिनावारी भएको बेला प्लास्टिकले बेरिएको खुल्ला चर्पी प्रयोग गर्न भन्थे । बाथरुममा नजान आग्रह गर्थे । महिनावारी नबारे अनिष्ट हुन्छ भन्थे । म हरेक महिना महिनावारी भएको बेला डराउथे । मानसिक तनाबमा दिनहरु बित्ने गर्थौ । किनकी म महिनावारी बार्दैनथे ।
आफ्नो समुदायमा कहिलै महिनावारी नबारेकोले कहिले काँही ढुक्क पनि हुन्थे । मलाई लाग्थ्यो थारुहरुको देवताले महिनावारी बार्दैन । त्यसैले मलाई केही पनि हुदैन भन्ने म विश्वस्त हुन्थे । अघिल्लो वर्ष रिपोटिङका क्रममा असारको पहिलो साता अछाम पुगे । छाउपडी प्रथा बिरुद्धमात्र दर्जन संघ संस्थाले काम गरिरहेको सदरमुकाम मंगलसेनमा संयोगवस विभिन्न धर्मका धर्म गुरुहरुको भेला थियो ।
त्यो भेलामा धामी९भूत, पिचास लाग्दा कापेर निको पार्ने व्यक्ति० को पनि सहभागिता थियो । धर्म गूरु र धामी विच महिनावारीको विषयमा कुरा मिलेन । धर्म गूरुहरुले भन्थे यो एक्काइसौ शताब्दीमा आएर पनि महिनावारी भएको बेला छाउ बस्नु हुन्न । यो त प्राकृतिक नियम हो । यो बेला झन पोषिलो खाने कुरा, दुध दही, माछा मासु खानु पर्छ । र सफा सुग्घर भएर अराम गर्नु पर्छ । तर धामीहरु भन्थे छाउ ९महिनावारी० भएका बेला घरमा बस्दा र दूध दही खाँदा देउता रिसाउने, घरमा बाघ प्रवेश गरी घरपालुवा जनावरसँगै मान्छेमाथि आक्रमण गर्ने, घरका सदस्य बिरामी पर्ने र स्वयं यो प्रथा नमान्ने महिलालाई शारिरीक, मानसिक र सामाजिक रुपमै राम्रो हुँदैन । चार दिनसम्म महिनावारी भएकी महिलालाई छुन नहुने धामीहरुको भनाई थियो । छाउपडीलाई छुन सक्दैन । देउता रिसाउँछन् । “छाउ भ्याकी बैकिनीलाई कसरी छुन्या रु” ९महिनावारी भएकी महिलालाई कसरी छुने रु० आफ्नै भाषामा धामीले प्रश्न गरे । बरु छाउ भएका बेला भगवानले नै महिलाको शरीरबाट रगत बगाउँछ भन्दै भगवानको नियमलाई मान्छेले परिवर्तन गर्न नसकिने तर्क धामीको थियो ।
chaupadi-final
धामीको कुरा सुनिरहदा मलाई धामीलाई छुने ईच्छा जाग्यो र फोटो खिचाउने बहानामा म धामीलाई छोए । त्यतिबेला म महिनावारी भएको दुई दिन मात्र भएको थियो । म धामीलाई छुदा देवता रिसाएनन् बरु धामी हाँसिरहे । त्यतिबेला म राम्रोसंग प्रष्ट भए । यो भनाई त खाली भ्रम मात्र हो ।
छाउपडी प्रथा हटाउनु पर्छ भनेर अछाम जिल्लाका ३१ वटा गाविस छाउपडी गाविस मुक्त भएको छ । मुक्त भएको गाविसमा समेत छाउगोठमा महिलाको मृत्यू भएको सामाचार सुन्नु परेको छ । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले ठूलो रकम खर्च गरी एक पछि अर्को गाविस छाउपडी मुक्त गाविस घोषणा गरे पनि त्यसको रुप परिवर्तन भएर पुनः त्यही गाविसहरुमा छाउगोठको भौतिक संरचनाहरु निर्माण भएका छन् । विगतको छाउगोठ र अहिलेको छाउगोठको भौतिक संरचनामा केही परिवर्तन होला तर महिनावारी भएकै कारण छाउ बस्नु पर्छ भन्ने मान्यता पढेलेखेकाहरुको मानसयबाट पनि झिक्न नसकेको अवस्था अछाम जिल्लाको घटनाले प्रष्ट पार्छ ।
अछाम जिल्लामा एक महिनाको अवधि भित्र छाउ बसेकै कारण दुई जना महिलाको मृत्यू भएको विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन प्रशारण गरे । गाज्रा गाविस वडा नं। ७ का १५ वर्षिय रोशनी तिवारी छाउपडी गोठमा सुतिरहेको अवस्थामा पौष २ गते राती मृत्यू भएको हो । दुई दिन महिनावारी भएको तिवारी रातीको खाना खाएर १९ फिट टाढा रहेको छाउगोठमा सुत्न गएकी थिईन् । उनी विहान ७ बजे सम्म पनि नउठे पछि आफन्तहरु गोठमै गएर उठाउन खोज्दा मृत अवस्थामा फेला परिन् ।
घटनाको प्रकृतिबारे छानबिन गर्दा अछाम जिल्ला प्रहरी निरिक्षक बद्री प्रसाद ढकालले गोठमा भित्रबाट ढोका लगाइएको बताए । उनले ढोका खोल्न नसकेपछि बाहिराबाट फोडेर मृतकलाई गोठबाट निकालेको मृतकको बुवा भरत तिवारीले दिएको बयान सुनाए । बयान अनुसार जाडोले गोठ भित्र आगो बाल्दा धुँवामा निसासिएर वा चिसोले कठ्यांग्रीएर मृत्यू भएको प्रहरीको अनुमान छ । गोठमा झ्याल छैन ढोका पनि लगाइएको छ । मृतकको शरिरमा कुनै घाउ, चोट निलदाम छैन । छाउपडी गोठ होचो भए पनि सफा रहेको प्रहरीको भनाई थियो । मृतक तिवारी गाज्रास्थित राष्ट्रय मावि कक्ष ९ मा पढ्ने गर्थिन् ।
यस अधि मंसिर ४ गते पनि तिमिल्सैन गाविस वडा नं। ७ की २६ वर्षिया डम्बरा उपाध्ययको पनि छाउगोठमै मृत्यू भएको थियो । उनी पनि छाउ बसेको बेला विहना मृत अवस्थामा फेला परिन् । तिवारी जस्तै उनको पनि बाहिरी शरिरमा कुनै खालको चोटपटक, घाउ देखिएन । आछाम जिल्लामा हाल सम्म छाउ गोठमै १० जनाको मृत्यू भईसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुलासँगै तराईका जिल्ला कैलाली र कञ्चनपुर समेत मानसिकरुपले छाउपडी गोठ मुक्त छैनन् । संख्यात्मक रुपमा अछाममा छाउपडी गोठहरु बढी भएका कारण सबैभन्दा बढी छाउपडी प्रथाको प्रभाव अछाममा देखिएको हो ।
अछामको पायल, बैजनाथ, चण्डिका, मष्टामाण्डौं लगायतका गाविसहरु पनि धमाधम छाउपडी गोठ मुक्त गरिए पनि तिनै गावसमा गोठको नमुनाको लागि भौतिक संरचना रहिरहे ।छाउपडी गाविस मुक्त भएको घोषण गरेको केही वर्षमै गोठ भित्र छाउ बसेकी महिलाहरुको घटना दोहोरिनु मानसिकरुपले छाउगोठ नभट्काउनुको परिणाम हो । हुन त राजधानी काठमाडौंमा पनि छाउ मान्ने मानिसहरुको संख्या अछामीको भन्दा कम छैन । काठमाडौंमा आलिसान महल हुनेहरुदेखि लिएर एउटामात्र कोठा भाडामा लिएर बस्ने प्राय सबै क्षेत्री बाहुनहरु० समेत महिनावारी बार्छन् । तर, पनि हरेक महिना महिनावारी हुँदा अछामी महिलाहरुलाई गोठमै बस्नुपर्ने बाध्यात्मक परिस्थितीका अगाडि त्यो कुरा सामान्य बन्न गएको हो ।

बरु छाउ भएका बेला भगवानले नै महिलाको शरीरबाट रगत बगाउँछ भन्दै भगवानको नियमलाई मान्छेले परिवर्तन गर्न नसकिने तर्क धामीको थियो । धामीको कुरा सुनिरहदा मलाई धामीलाई छुने ईच्छा जाग्यो र फोटो खिचाउने बहानामा म धामीलाई छोए । त्यतिबेला म महिनावारी भएको दुई दिन मात्र भएको थियो । म धामीलाई छुदा देवता रिसाएनन् बरु धामी हाँसिरहे ।

अछामका छाउपडी गोठहरुले शहरमा एउटा कोठामा बस्नुपर्दा समेत चूलो, पूजाको क्षेत्रलगायत अरु सुत्ने ओछ्यानहरु छुन नपाउँदा कच्याकूचूक तरिकाले सानो ठाउँभित्रै गुम्सिन बाध्य महिलाहरुको पीडालाई ओझेलमा पारिरहेको छ ।रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायत सभा, समारोह र परिवर्तनका लागि गरिने कार्यक्रमहरुमा बोल्नेहरुको भनाइहरु सुन्नेले त राजधानी लगायतका शहरमा महिनावारी बारिँदैन भन्ने ठान्दा होलान् । अझ भन्नु पर्दा अछाम लगायत सुदूर र मध्य पश्चिमका जिल्लाहरुमा छाउ हुँदा गोठमा बस्न बाध्य महिलाहरुले शहरमा त हाम्रो जस्तो पीडा छैन भन्ने बुझिरहेका होलान । जुन कुरा गलत हो ।
शहर होस या गाँउ । महिला महिनावारी भएकै कारण अछुत मानेर घर भन्दा वाहिर राख्नु कत्तिको अपराध हो भन्ने कुराको ज्ञान हुदा हुदै पनि पहाडी समुदायका सचेत महिलाहरु छाउपडी प्रथालाई काँखी च्यापेर बसेका छन् । कुनै सभा, गोष्ठी, सम्मेलनमा शब्दका भण्डार पस्किनेहरु छाउपडी प्रथा जस्ता कुरीतिहरुलाई चोखो मनले आफ्नो मष्तिकबाट झिकेर व्यवहारमा उतार्ना जरुरी छ । रुढीबादी परम्पराकोरुपमा रहेको यो प्रथाको अन्त्य गर्न नेपाल सरकार लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले लाखौं रुपैया खर्च गरिहरेका छन् । अछाम लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुको दर्जनौ गाविसहरु कागजीरुपले छाउगोठ मुक्त भईसकेको छ । तर त्याहका सुसंस्कृतिलाई जोगाई राख्नेहरुको कारण छाउगोठ मुक्त गरिएको सहमतिलाई लाट्टी हानेर भावि सन्ततिमा हस्तारण गरिरहेको देखिन्छ। विश्वको विभिन्न देश तथा समुदायमा प्राकृतिकरुपमा महिनावारीलाई शुभ मानिए पनि सुदुरपश्चिमको पहाडी जिल्लामा यसलाई अछुटको संज्ञा दिएकै कारण यो प्रथाको अन्त्य हुन नसकेको हो । लेखिका पत्रकार महिला कैलालीका अध्यक्ष हुन्  Koselinews