२०७७ मंसिर १०, बुधबार

विश्व व्रेल दिवसमा सम्मान तथा अधेरोको यात्रा कार्यक्रम दृष्टीविहीनका लागि ६३ हजारको अक्षयकोष स्थापना

img_20170104_0844511पोखरा,२०,पुस । विश्व व्रेल दिवस तथा २०८ औ लुईव्रेल जयन्तिका अवसरमा पोखरामा नेपालमै पहिलो पटक अधेरोमा यात्रा अर्थात् वाक इन डार्क कार्यक्रम आयोजना गरीयो ।

सामाजिक जगरणका लागि नारी अभियान कास्कीले कास्की नेत्रहिन संघ सँग सहकार्य गरी उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा क्षेत्रिय प्रशासक देखी सरकारकी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु, राजनितिकदल, मानवअधीकारकर्मी,आध्यात्मिक तथा धार्मीक संघसंस्थाका प्रतिनिधी समाजसेवी, वकील, प्रहरी, पत्रकार, डाक्टर, इञ्जिनियर,क्लव,उद्यमी लगायत विभिन्न संघसंस्थाको प्रतिनीधिहरु आखामा पट्टी वानेर सेतोछडीको सहायताले यात्रा गरेका थिए । पोखराको मानवअधिकारचोक देखीहिडिएको यात्रा विपिचोक चिप्लेढुङ्गाको परिक्रमा गरी मानवअधीकारचोकमापुगेर सम्मान तथा अनुभव आदानप्रदान सभामा परिणत भएको थियो ।

कार्यक्रममा कास्की जिल्लावाट पहीलो एस्एल्सी पास भई आत्मनिर्वर वन्दै आएकी विष्णुमाया विक लाई नगद रु ५ हजार सहित सम्मानपत्र, दोसल्लाद्धारा सम्मान गरीएकोथियो । क्षेत्रिय प्रशासक खगराज वराल र सामाजिक जागरणका लागि नारी अभियानका संयोजक सुष्मा पौडेलले सम्मान गरेका थिए ।

कार्यक्रममा वोल्दै क्षेत्रिय प्रशासक वरालले समाजिक जागरणले दृष्टीविहिनहरुका लागि सरकारले गर्नुपर्ने कार्यक्रम गरेको भन्दै यस्तो कार्यक्रमले दृष्टीविहनीहरुमाथी हेर्नै दृष्टीकोणलाई परिवर्तन गर्ने र सम्वन्धीत क्षेत्रमा समेत दभाव पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुष्मा पौडेलले कार्यक्रममा सहभागी हुने सवैलाई धन्यवाद ज्ञापन गर्दै अपाङ्गहरुलाई दयाको पात्र नवनाई अवसर प्रदान गर्नुपर्ने भन्दै कार्यक्रमवाट वचत भएको
६३ हजार अक्षयकोषका लागि हस्तान्तरण गरेकीथिइन् ।
कार्यक्रमका अभियन्ता अधीकारकर्मी माधव पहारीले कार्र्यक्रमको उदेश्यमाथी प्रकास पार्दै यस्तो खालको कार्यक्रम विश्वमै पहीलोपटक आयोजना गरीएको वताइन् ।