२०७७ मंसिर १३, शनिबार

छाउगोठको समस्या उस्तै

unnamed-1सुर्खेत,  करिब ५ वर्ष अघि सुर्खेत तातापानी गाविसकी १६ वर्षिया एक युवती महिनावारी भएको बेला छाउगोठमा बलात्कृत भइन् ।छाउगोठमा इज्जत लुटियो भन्दै नजिकै बग्ने भेरीमा हाम फाली आत्महत्या गरिन् । मंसिरको पहिलो साता अछामको तिमिल्सेना गाविसमा छाउगोठमा बसेकी २१ वर्षीय डम्बरा उपाध्याय मृत्यु अवस्थामा फेला परिन् ।

यी छाउपडी प्रथा कायम क्षेत्रका प्रतिनिधिमूलक घटना हुन् । यी र यस्ता घटना कम गर्न सुर्खेतमा विभिन्न संघसंस्थाहरूले छाउगोठ मुक्त गर्ने अभियान सञ्चालन गरे । गाउँका धामी झाँक्रीदेखि महिला र बालबालिकाहरू गाउँमा भएका छाउगोठ भत्काउँदै हिँडे ।

अभियानमा स्थानीयको सहभागिता उत्साहजनक भयो । अभियानले सुर्खेतका बाबियाचौर, गुटु, विद्यापुर, लगाम, बेतान, घाटगाउँ, तातापानी, छाप्रे लगायतका थुप्रै गाविसका छाउगोठ भत्काएर छाउगोठ मुक्त क्षेत्र घोषणा ग¥यो ।
तर अभियानले दिगो रूप लिन सकेन ।

संघसंस्थाको कार्यक्रम सकिएपछि यस क्षेत्रमा भत्किएका छाउगोठ पुनर्निर्माण भएका छन् । अभियानले संस्कार परिवर्तन गर्न नसक्दा छाउगोठ भत्किए पनि धर्म संस्कारले घरमा बस्न नमिल्ने भए पछि पुन छाउगोठ बनाएको बावियाचौर सुर्खेतका ५७ वर्षिया जगत टमटा बताउँछन् ।

स्थानीयहरू अझै पनि पहिलो पटक महिनावारी भएको बेला घरपरिवारले नदेख्ने र आवाज नसुन्ने ठाउँमा जानु पर्ने मान्यता राख्दछन् । पहिलोपटक महिनावारी हुने युवती दिनभर जंगलमा कसैले नदेख्ने ठाउँमा बस्ने गर्छन् । दोश्रो पटकको महिनावारी पछि छाउगोठमा बस्छन् ।

unnamed-3छाउगोठमा बसेको महिला घरको आगनमा जाँदैनन् । दुध, दही खान पाउँदैनन् ।
शारीरिकरूपमा समेत कमजोर हुने यो समयमा परिवारबाट एक्लिदा र राम्रो खान नपाउँदा झन समस्या हुने गरेको स्थानीय बालिका बास्तोला बताउँछन् । छाउगोठ मुक्त अभियानले निरन्तरता पाउन नसक्दा यस क्षेत्रका स्थानीय महिलाहरूले विभिन्न समस्या भोग्नु परेको छ ।

घरदेखि धेरै टाढा राखिएका छाउगोठमा बस्दा रातभर त्रासले वस्नु पर्ने महिलाहरू बताउँछन् । गाउँका धामी झाँक्रीहरूले अभियानमा साथ दिए पनि अहिले महिनावारी भएको ५ दिनसम्म घर भित्र नजाने भन्ने गरेका छन् ।
छाउगोठको समस्या उस्तै (बाकीरकारले चेतनाको स्तर बृद्धि गर्न नसक्ने भए सुर क्षित छाउगोठ निमार्णमा सहयोग गर्नु पर्ने स्थानीय लक्ष्मी वि.क. बताउँछिन् ।

अहिले मध्य तथा सुदूर पश्चिमका पहाडी जिल्लामा कायम छाउपडि प्रथाका कारण महिलाको छाउगोठमा मृत्युको घटनाको सर्वत्र आलोचना भएको छ । गैरसरकारी संस्था (एनजीओ) ले अधिकांश जिल्लामा छाउपडीविरूद्ध अभियान चलाए । गाउँमा रहेका छाउगोठ धमाधम भत्काइए ।

धामीहरूलाई पनि अभियानमा लाग्न बाध्य बनाइयो । तामझाम सहित ठूलो रकम खर्चेर गाउँलाई छाउपडीमुक्त घोषणा पनि गरियो । दाताले बजेट उपलब्ध गराउन छाडेपछि अहिले एनजीओहरू अभियान छाडेर फर्किएका छन् । र गाउँमा छाउगोठ पुनर्निर्माण भएका छन् ।

आजभोली उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला सशक्तिकरण आदि जस्ता मुद्दाहरू व्यवहारमा लागू गर्न नसक्दा यी र यस्ता सामाजिक कुसंस्कारले प्रशय पाइरहेका छन् । संस्थागत उद्देश्यमा आएका संघसंस्थाहरूले कार्यक्रमलाई निरन्तरता नदिंदा र सरकारी वेवास्ताककारण सुर्खेतलगायत छाउप्रथा कायम अन्य जिल्लाका ग्रामीण वस्तीमा यो कुप्रथाले निरन्तरता पाइरहेको छ ।