२०७७ मंसिर १०, बुधबार

विपन्न बालबालिकालाई लायन्सको सहयोग

  सुर्खेतस्थित लायन्स क्लबहरूले बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित बालमन्दिर प्राथमिक विद्यालयका बालबालिकाहरूका लागि विविध सामग्री सहयोग गरेका छन् ।

बाल संगठनअन्तर्गत सञ्चालित बाल मन्दिरको शिशु स्याहार केन्द्रका बालबालिकाहरूका लागि एक एक जोर विद्यालय पोशाक, एक जोर न्यायो कपडा, कापी, पेन्सिल र दिवा खाजावितरण गरिएको हो । विद्यालय प्राङ्गणमा भएको क ार्यक्रममा लायन्सहरूका तर्फबाट रिजन चियर पर्सन कल्पना कार्कीले संगठनका सचिव गणेशकुमार कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेकिहुन् ।

सामग्री हस्तान्तरणपछि चियरपर्सन कार्कीले असहाय र विपन्नहरूको सहयोगका लागि लायन्सहरू सधैं तत्पर रहेको भन्दै विद्यालयलाई आगामी दिनमापनि निरन्तर सहयोग जारी रहने प्रतिबद्धता जनाइन् । आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस् भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै लायन्स क्लवले विपन्न बालबालिकाहरूलाई थप सहयोग गर्ने आश्वासन समेत लायन्स क्लबहरूले दिएका छन् ।

कार्यक्रममा लायन्स क्लव अफ मध्यपश्चिमका अध्यक्ष रामप्रसाद पाण्डेले खान, लाउन सजिलै पुग्नेहरूले आप्mनो खर्चको थोरै हिस्सा पनि सामाजिक तथा परोपकारी काममा लगाए समाजमा कोहि गरिबी र अभावमा बाँच्न नपर्ने जिकीर गरे ।
यसैगरी, लायन्स क्लबका कार्यक्रम संयोजक सम्राट गौतमले बाल संगठनको विशेष आग्रहमा शिशु स्याहार केन्द्रलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि आवश्क्ताअनुसार सहयोग जुटाइने बताए । लायन्स क्लब अफ, सुर्खेत काँक्रेविहारका अध्यक्ष विन्दु नेपालको अध्यक्षतामा कार्यक्रम भएको हो ।