२०७७ मंसिर १६, मंगलवार

जे फल्छ त्यही फलाउनु हुँदैन,जे बजारमा बिक्री हुन्छ, त्यो मात्र फलाउनु पर्छ भारी

rp-bhari_photo-1नेपाल सरकारले पछिल्लो समय विभिन्न माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाइरहेको छ । कृषिमा आत्मनिर्भर बनाउन र स्वरोजगार श्रृजना गर्न नेपालले गरेको प्रयत्नमा ६ नम्बर प्रदेश प्राथामिकतामा देखिन्छ । कृषि क्षेत्रमै लगानी बढाउन गरिएका यस्ता प्रयासमा विभिन्न आयोजनाहरूले काम गरिरहेका छन् । सुर्खेतमा गएको ४ वर्षदेखि लागू भएको यस्तै आयोजना हो उच्च मूल्य कृषि वस्तु विकास आयोजना । यो आयोजना यस क्षेत्रमा सञ्चालन भईसकेपछि सुर्खेत जिल्लास“गै यस क्षेत्र खासगरी तरकारी खेतीमा ह्वात्तै प्रगति भएको देखिन्छ । अहिले देखिएको तरकारी आत्मनिर्भरता र यस्ता आयोजनाको महत्व तथा यस क्षेत्रमा कृषिमा देखिएको सकारात्मक विकासबारे आयोजना प्रमुख राजेन्द्र राजेन्द्र भारीसग इनया“ नेपालकर्मी नरजन तामाङले कुराकानी गरेका छन् । प्रस्तुत छ भारीसग गरिएको कुराकानीको सम्पादीत अंश

१. यो अयोजना कुन–कुन जिल्लामा लागू भएको छ ?

उच्च मूल्य कृषि वस्तु विकास आयोजना नेपाल सरकारको कृषि विकास मन्त्रालयबाट सञ्चालन भएको सडक खण्ड सुर्खेतदेखि जाजरकोट, दैलेख, कालिकोट हुँदै जुम्ला करिडरको समेट्ने गरी आसपासका जिल्लाहरू भनेर अहिले ७ वटा जिल्लाहरू जुम्ला, कालिकोट, अछाम, दैलेख, सुर्खेत, सल्यान र जाजरकोट लगायतका जिल्लाहरूमा कार्यक्रम लागू भएको छ ।

२. आयोजनाको मूल उद्देश्य कृषकहरूले बुझ्ने भाषामा के हो ?

यो आयोजनाको उद्देश्य कृषकहरूलाई मूल्य श्रृङ्खलामा समाहित गर्दै उहाँहरूको उत्पादन उत्पाकत्व बृद्धि गर्दै आयआर्जनमा बृद्धि गर्ने यसको उद्देश्य हो । हाम्रो लक्ष्य के छ भने आयोजनाको अन्तसम्ममा करिब प्रतिपरिवार कम्तीमा पनि ३० हजारले अतिरिक्त आम्दानी आयोजना लागू भएको भन्दा अघि र पछाडी कसैको बढी पनि हुन सक्छ, कसैको कम पनि हुन सक्छ । औषतमा ३० हजारले बृद्धि गर्ने लक्ष्य रहेको छ ।

३. अहिलेसम्म आयोजनाले लक्षित समुदायमा के कस्ता काम गरेको छ ?

हाम्रो लक्षित समुदाय भनेको ७ वटा जिल्लामा १३ हजार ५ सय घरधुरीलाई प्रत्यक्ष समाहित गर्ने हो । १३ हजार ५ सय मध्ये १४ हजार ४ सय घरधुरीमा अहिलेसम्म पुगिसकेका छौँ, ति मध्ये अलि पुराना समुदायहरू पनि भए जसलाई ३÷४ वर्षदेखि सहयोग प्राप्त छ । अहिलेसम्म नया पनि छ । उहाहरूको क्षमता विकास गन कुराहरू छ । आयोजनाको सहयोगले सम्रगमा ६० प्रतिशत महिलाहरूको सहभागिता हुन्े भन्ने छ । त्यसमा ६२ प्रतिशत महिलाहरूको सहभागिता रहेको छ । भने त्यति परिवारमध्ये दलित र जनजाती २५ प्रतिशतको अनुपातमा अनिवार्य हुनुपर्ने लक्ष्य थियो । अहिले १४ हजार ४ घरधरीलाई हेर्दा ३४ प्रतिशत दलित जनजातीहरूको रहेको छ ।

४. आयोजनाको कार्यक्रमले कति किसानले बीमा गर्नुभयो ?

बिमाको हाम्रो लक्ष्य नै छैन । तर बिमामा सहजीकरण गर्ने कुरा छ । बिमालाई बढाउनु पर्छ भनेर प्राविधिकहरूलाई बिमा सम्बन्धि तालिमहरू पनि प्रदान गयौ । प्रत्येक जिल्लाहरूमा एउटा एउटा बिमा कम्पनीहरू छन् । त्यसलाई सहजीकरण गर्ने बिमा कम्पनीका एजेन्डका अभिकर्ताहरू कम छन् । जिल्लास्थित प्राविधिकहरूले अभिकर्ता लिनु भयो भने बिमा गर्ने संख्या बढ्छ । करिब ३० जना प्रविधिकहरूलाई तालिम दिई सकेका छौ । अबको हाम्रो योजना भनेको स्थानीय तहमा बस्नु भएका स्थानीय श्रोत व्यक्तिहरू अगुवा किसानहरू ग्रामिण पशु स्वाथ्य कार्यकर्ता ग्रामिण कृषि कार्यकर्ताहरू जुन गाउँमै बस्नु भएको छ । एग्रो बेटहरू चलाउनु भएको छ । उहाहरूलाई लक्षित गरी तालिम दिने त्यो भएका किसानहरूको बिमा बढी भन्दा बढी हुन्छ ।

५. आयोजना केवल नारामा मात्र सीमित भएको भन्ने आरोप छ । के भन्नु हुन्छ ?

खै हामी यस्तो सुनेका छैनौँ । १४ हजार भन्दा बढी किसानहरूसँग पुगि सकेका छौ । १८ वटा जति कृषि व्यवसायी कम्पनीहरूलाई सहयोग गरी उनीहरूलाई आबद्ध गरेका छौँ । अदुवाको प्रशोधन केन्द्र खुलेको हुनले अदुवामा वृद्धि भएको छ । बेसारको प्रशोधन केन्द्र भएकोले बेसारको पनि वृद्धि भएको छ । खेर गएको जग्गाहरूमा बेसार अदुवा खेती गरेका छन् । यहाँको अदुवा विदेश जाने गरेको छ । अदुवा र बेसार आन्तरिक पूरा भएपछि विदेश पठाउने गरेका छन् । त्यस्तैगरी टिमुर डाबर नेपाललाई सम्पर्क गरेर आन्तरिक माग आपूर्ती र फ्रान्सको कम्पनीमा सहजीकरण गरेर सल्यान जाजरकोटको टिमुर विदेश, खास गरेर यूरोप निर्यात भएको छ । स्याउमा पनि कालिकोट र जुम्ला जिल्लामा स्याउमा सहयोग छ । स्याउको बजारीकरण गर्ने स्याउको उत्पादन वृद्धि गर्ने विभिन्न किसिमका प्रविधिक सहयोगहरू गरेका छौँ । समग्रमा हेर्दा राम्रै छ । त्यस्तो नकारात्मक कहि कतै पनि छैन । यहाँ आवेदन दिए जतिले पाएको छैन । सहकारी भएकाहरूले पाएका छन । उहाँहरू एकदमै खुसी हुन्ुहुन्छ । आम्दानी पनि वृद्धि भएको देखिन्छ ।

६. उत्पादित वस्तुले बजार नपाएको भन्ने कृषकहरूको गुनासो कायमै छ नि ?

बजार नपाउने भनेको तरकारी मात्रै हो । अन्यमा समस्या छैन । खसी– बोकामा पनि समस्या छैन । स्याउमा समस्या छैन । स्याउमा यसै सिजनमा ७० रूपैयाँसम्म पाएका छन् । जबकी अघिल्लो वर्षमा ३५ रूपैयाँ बिक्री हुने गरेको थियो । यो वर्ष स्याउ खोसा खोस छ । खसीको मूल्य कहिले पनि घटेको छैन । वृद्धि भइराखेको पाइन्छ । यो खेर नजाने वस्तुहरू भए । अनि त्यसपछि टिमुर जति उत्पादन गरेपनि टिमुरले बजार पाएक छ । २०६७÷६८ मा यो आयोजना सुरू हुन् बेलामा ८५–९० रूपैयाँमा केजीमा बिक्री हुन्थ्यो, अहिले फ्रान्स जाने टिमुर कृषकहरूले खेतमै आफ्नो घरमै ३ सय ५० रूपैयाँ पाएका छन् । त्यसले आम्दानीमा बृद्धि भएको छ । अदुवा कहिलेकाहीँ ५ रूपैयाँसम्म आउने अदुवा सम्झौता अनुसार ३५ बिक्री हुने गरेको छ । जुन व्यवसायीसँग सहजीकरण गराई दिएका छौँ । उहाँहरूको समस्या छैन । व्यसायीलाई बोलाएर अन्तरक्रिया गर्दै बिक्री वितरण गर्ने ठाउँमा समस्या छैन । तर, सम्भौता नगरी, व्यापार–व्यवसायलाई पहिचान नगरी उत्पादन गर्ने किसानहरूलाई बजारीकरणमा समस्या भएको छ । स्याउको बजारीकरण गर्ने स्याउको उत्पादन वृद्धि गर्ने विभिन्न किसिमका प्रविधिक सहयोगहरू गरेका छौँ । समग्रमा हेर्दा राम्रै छ । त्यस्तो नकारात्मक कही कतै पनि छैन ।

७. अन्तमा किसानहरूलाई के सन्देश दिनुहुन्छ ?

जे फल्छ त्यही फलाउनु हुँदैन जे बजारमा बिक्री वितरण हुन्छ, त्यो मात्र फलाउनुपर्छ । बजारको माग के छ । कु्न व्यवसायसँग तपाईँहरूको सम्बन्ध राम्रो छ । कुन व्यवसाय कुन बजार बेच्ने हो । सुर्खेतमा बेच्ने होकी कहँ बेच्ने हो ? बेमौसमी जस्तै अहिलेको काउली कार्तिकसम्म अथवा मंसिरसम्म फलाएको काउलीले बढी मूल्य पाउछ भने पुस माघको काउली ५ रूपैयाँ १० रूपैयाँमा पुग्न सक्छ, किन भने त्यो सिजनको कुरा हो । त्यतिबेला तराईँमा पनि धेरै काउली हुन्छ इन्डियामा पनि धेरै काउली हुन्छ । यदि बर्खे टमाटर लगाउनु हुन्छ भने यहाँ टमाटर हुँदैन । त्यो बेला मध्य पहाडी जिल्लाहरूमा तरकारी हुँदैन । त्यो बेलामा तरकारी फलाए भने जुनसुकै भेराइटी बिक्री हुन् सक्छ । बजारले कुनबेला के माग्यो त्यही बेला योजना बनाएर आफनो खेतबारीमा कुन बारीमा कुन तरकारी लगाउनु पर्छ ताकी राम्रो मूल्यमा बिक्री पाओस् । टमाटर सिधिएपछि के लगाउने, गर्मी मौसममा के लगाउने, भेण्टा लगाउने की करेला लगाउने भन्नेबारेमा राम्रो ज्ञान राख्नुपर्छ । जस्तै चैतबैशाखतिर करेला फलाउन सक्यो भने त्यसले राम्रो मूलय पाउछ । फेरि असारतिर करेला र बोडी फाउयो भने कम पैसा पाउँछ । बजारको माग हेरेर कुन व्यवसाय सम्झौता गर्ने हो । त्यहीअनुसार व्यवस्थापन गर्नुपर्छ तर खर्चको रेकर्ड राख्नु पर्ने हुन्छ । कति खर्च भयो कति आम्दानी भयो भनेर सजिलो हुन्छ । कति नोक्सानी भयो । कति घरमा खर्च भयो कति बिक्रि भयो रेकर्ड राख्नुपर्छ । जस्तै गत वर्ष टमाटर ६० रूपैयाँमा बिक्री भएको थियो भने यो वर्ष ३० रूपैयाँमा बेच्नु भयो । अब टमाटर खेती नगर्ने । किन भने यो वर्ष घाटा भयो भन्ने गर्ने गरेका छन् । किन यस्तो भएको हो भने पोहोर साल उत्पादनमा कमि थियो बढी मूल्य पाएका हुन् । अहिले उत्पादन धेरै भयो कम मूल्यमा बिक्रि भएको हो । माग र आपूर्ति मूल्य निर्धारण गर्नुपर्छ । रेकर्ड राख्ने गर्नुपर्छ । आम्दानी घटेको छ की बढेको छ, घटेको भए के कारणले घटयो बढेको भए कसरी बढ्यो । कुनबेला कुन तरकारी खेती गर्दा बजारले मागेको छ । त्यहीअनुसार खेति गरेमा राम्रो हुन्छ ।