२०७७ मंसिर १६, मंगलवार

कोषाध्यक्षको पहलमा सहयोग रकम प्रदान

 kakakaजाजरकोटको पजारू–२, धाउँनीका एक परिवारलाई थप आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । परिवारका मुख्य सदस्य मुने कामीको कात्तिकमा हृदयघातका कारण निधन भएपछि उनका श्रीमती र ४ छोराछोरीको विचल्ली भएको थियो ।

आर्थिक अभावमा मुने कामीका ४ जना छोराछोरी र श्रीमतीको बिहान–बेलुका छाक टार्नसमेत नसकेको खबर सुनेपछि पत्रकार महासंघ, सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माको पहलमा ६५ हजार रकम जुटाएर हस्तानतरण गरीएको हो । रकम मलेसियाको जिएसपिपी कम्पनीमा संलग्न नेपाली कामदारहरूले रकम सङ्कलन गरेर पठाएका थिए । रकम पठाउनेहरूमा जलजला–७ बाग्लुङका गणेश विश्वकर्मा, नरबहादुर सुनार, गुन रानामगर, मनिराम विकेलगायत रहेका छन् । परिवारलाई लालनपालका लामिञ्जुश्री सहायता केन्द्र चितवन पठाईएको छ ।