२०७७ मंसिर १४, आईतवार

मातृवात्सल्य र गरिबीको प्रसङ्ग

jeet-bdr-shaha-358x300सधैंको पौषझै यसपालीको पौषमा पनि चिसो एकाएक बढ्यो । हुस्सु र शीतलहरले बस्तीहरू खर्लप्पै निल्यो । सिरक अलि पातलो भएकोले चिसोले सिरकभित्र छिरेर मेरा अङ्गप्रत्यङ्गलाई आक्रमण गर्न थालेझै महसुस भयो ।
मैले पनि मेरा अङ्गप्रत्यङ्गलाई चिसोको आक्रमणबाट जोगाउनका लागि चिसो प्रवेश गर्ने सम्भावित नाकाहरू बन्द गरे । कोठाका झ्यालहरू थुनें ।

झ्यालका पर्दाहरू पनि पुरै तानें । खोलेका भित्री कपडाहरू पनि पुनः लगाएर सिरकभित्र गुटमुटिएं ।
तथापि अझै पनि भनेजस्तो न्यानो हुन नसकेको कारण निद्राले सुम्सुम्याउन सकेन । ओछ्यानमा कोल्टै फर्किदै मभन्दा पनि यतिबेला खुला आकासमुनि सुत्न बाध्य मानिसहरू पनि सम्झें । यस्तैमा एफएम रेडियो खोले ।
रेडियोमा पुरानो हिन्दी गीत बजिरहेको थियो–‘कभि–कभि मेरे दिलमे खयाल आता है … ।’ साच्ची रेडियोमा बजिरहेको उक्त गीतले मलाई बाल्यकालको ख्याल गरायो ।

सानो छँदा पनि पातलो सिरक ओढेको सम्झना अहिले पनि ज्यूँदै छ र सानो छँदा जाडोले आक्रमण गरेको सम्झना अहिले पनि ताजै छ । त्यतिबेला म आमाको काखमा गुट्मुटिएर सुतेको हुन्थें ।
अरूको लाख, आमाको काख भनेझै त्यतिबेला मलाई हिउँदको आक्रामक चिसोबाट आमाको न्यानो काखले जोगाउँथ्यो । कुखुराका भुराभुरी चल्लाहरूलाई उनीहरूकी ममतामयी आमा पोथी कुखुराले आफ्नो न्यानो पखेटाले छोपेर चिसो र दुस्मनको आक्रमणबाट जोगाएझै मलाई त्यतिबेला मेरी आमाको काख पाएपछि चिसोको त्यति डर लाग्दैनथ्यो जति अहिले लाग्छ ।
कुनै आक्रामक वस्तु देखेपछि पनि त्यति मन भयभित हुन्नथ्यो जति अहिले हुन्छ ।

त्यसैले पनि आमाको महिमाको बारेमा कविहरू सहृदय लेख्दा रहेछन् –, ‘धर्तीमै छ सबै चिज खोजे मिल्छ घरिघरि, तर जन्म दिने आमा पाईदैन कसैगरी ।
’ सानो छँदा जाडोको समयमा अगेनाको वरिपरि बसेर आमाले दन्त्य कथा (श्लोक) सुनाउनु हुन्थ्यो । आमाले सुनाउने धेरै कथाहरू धूर्त स्याल, फ्याउरो, बाघ, भालु, राक्षस, भूतप्रेत आदिसँग सम्बन्धित हुन्थे । दिनदिनै यसप्रकारका कथाहरू सुन्दासुन्दै मभित्र भूतप्रेत र राक्षसप्रतिको अन्धविश्वासको ऐजेरू नजानिदो तरिकाले बढिसकेको रहेछ ।
मलाई रात परेपछि एक्लै बाहिर निस्कन डर लाग्थ्यो ।

कहिलेकाहीँ घरमा एक्लै भएँ र आमालगायत घरका ठूला मानिसहरू कामबाट आउन ढिला भयो भने झ्याल–ढोका बन्द गरेर बस्ने गर्थें । श्वास फेरेको थाहा पाएर कसैले मलाई यहाँ रहेछ भन्ने कुरासम्म पनि बोध नहोस् भन्ने गरी विस्तारै श्वास फेर्दै बस्ने गर्थें ।

त्यतिबेला घरमा सानो किराले समेत अलिकति आवाज निकालेर खत्र्याङ्ग ग¥यो भने मेरो मुटुले ढ्याङ्ग्रो ठोक्थ्यो । यसरी बसेको बेला आमा लगायतका घरका मानिसहरू ‘ढोका खोल्’ भनेर कराउँदै आएको अवस्थामा भने असीम खुसीको महसुस हुन्थ्यो । अघिसम्म भएका भय र त्रासका फोकाहरू निमेषभरमै फुटेर मेरो परिवेशमा निर्भिकताको वर्षा हुन्थ्यो ।
सन्तान कस्ता बनाउने भन्ने सम्बन्धमा जन्म दिने बाबुआमाको ठूलो योगदान हुने गर्दछ । त्यसमा पनि विशेषगरी आमाको । गरिबीले राजकाज सम्हालेको मेरो बाल्यकालको परिवारमा मलाई गरीविको महसुस हुन नदिन विशेषगरी आमाले गरेको योगदानलाई अहिले पनि मष्तिष्कको सम्झनाचोकमा सजाएर राखेकै छु ।

अहिले कुरा सुन्दा बोध हुन्छ, त्यतिबेला अर्थात् २०२८ सालतिर पश्चिम पहाडलाई कहालिलाग्दो किसिमले भोकमरीले गाजेछ । म विद्यालयबाट फर्केपछि भोक लागेको अवस्थामा आमाले मलाई खानाको लागि केही दिन नसकेर ढूटो (मसिनो भूस)को रोटी बनाएर दिएको कुरा मैले अहिले पनि बिर्सिएको छैन ।
आमाले अहिले पनि प्रसङ्ग मिल्यो भने भन्नुहुन्छ, त्यतिबेला ढूटोको रोटी खाएर बाँचेको कुरा । त्यतिबेला जङ्गली उत्पादन तरूल, गिठा भ्याकुर, सिस्नो, जामुन आदि खाएर बाँचेको कुरा । त्यतिबेला फलभन्दा पनि थोरै फलको धेरै झोल बनाएर खाँदै बाँचेको कुरा ।

आमाले जे भने पनि मलाई भने त्यो भन्दा पनि आमाको न्यानो माया अर्थात् मातृवात्सल्य पाएर बाँचेको कुराको बढी सम्झना छ । त्यतिबेला अहिलेको जस्तो शिक्षा निःशुल्क पनि थिएन र शिक्षा सहज पहुँचको विषय पनि थिएन । कक्षा ७ मा अध्ययन गर्दा पनि घर छोडेर डेरा गरी बस्नु परेको थियो । प्राइभेट स्कूलको नाम पनि सुन्न पाइएन ।
सरकारी स्कूलमा समेत मासिकरूपमा शुल्क तिर्नु पथ्र्यो । शुल्क तिर्ने पैसा लिनका लागि घरमा आउदा गरिबी र अभावकै कारणले त्यति सजिलरी उपलब्ध हुन सम्भव हुँदैनथ्यो । कति दिन त आमा र म सँगै गाउँको हुनेखाने साहुकोमा गएर ऋण माग्थ्यौं ।

ऋण त्यति सजिलरी पाउन पनि सम्भव थिएन । अनुनय विनय गर्नुपथ्र्यो । आँशु झारेर रोइकराइ गर्नुपथ्र्यो । भएपछि नाक– कानका फुलीबुलाकी र जग्गाजमिनसमेत बन्धकी राख्नु पथ्र्यो । मेरो शुल्क तिर्नका लागि मेरी आमा यी सबै गर्नुहुन्थ्यो । यसरी सहयोग गर्ने आमा नपाएको भए सायद म अहिले जहाँ छु यहासम्म यसरी नै जीवनको यात्रा गर्ने अवसर पाउँदैनथे होला जस्तो लाग्छ ।

सन्तानका रहरका लागि पूर्णरूपमा समर्पित हुने आमाको कारणले नै मेरो अध्ययन गर्ने रहर पूरा भएको हो भन्दा मलाई गर्वको अनुभूति हुन्छ । आमाको यसप्रकारको उपस्थिति हुँदैनथ्यो भने कतिपयले जस्तै मैले पनि त्यतिबेलै औपचारिक अध्ययनको यात्रा स्थगित गरेर जीवनलाई अर्कै बाटोमा मोड्थे होला । थाह छैन, त्यो बाटो कस्तो हुन्थ्यो होला, कल्पना गर्दा पनि कहाली लाग्छ ।

अहिले काम विशेषले स्कूलहरूमा घुम्न जाँदा धेरै बालबालिकाहरूसँग भेटघाट हुने गर्दछ ।
कतिपय निन्याउरो अनुहार भएका, फोहोर लुगा लगाएका र दुब्ला–पातला बालबालिका भेटिए भने सोध्ने गर्दछु – ‘तिम्रो घरमा को को हुनुहुन्छ बाटोमा हिँडाउनका लागि चालिएका कदमहरू रह ेछन् । ती त मेरो सिकाइलाई प्रभावकारी बनाउनका लागि आयोजना गरिएका इन्टर्नसीप र प्रोजेक्ट कार्य रहेछन् । त्यतिबेला भोग्दा पीडाबोध हुन्थ्यो, अहिले सम्झदा जे भयो ठीकै भयो भन्ने लागिरहेको छ । गरिबीले मलाई दुःखसँग लड्न सिकायो, समस्या र पीडासग प्रतिबाद गर्दै बाँच्न सिकायो । आमाको माया र स्नेहले मलाई जीवनमा आशावादी हुन सिकायो । जीवनका जटिल समस्याहरूलाई पनि उत्साह भरेर समाधान गर्दै अघि बढ्न सिकायो । गरिबीले गाँजेको बेला मातृवात्सल्य नपाएको भए सायद जीवन यस्तो पनि हुँदैनथ्यो होला, जस्तो अहिले छ ।

त्यसैले मलाई त लाग्छ, जुन बालकले मातृवात्सल्यको अभावमा बाल्यकाल बिताउनु पर्छ त्यस्ता बालकहरू खुसी र प्रफुल्लित हुन सक्दैनन् । जुन बालकहरू आमा भएर पनि बेबी केयर सेन्टर रहोस्टेलहरूमा जीवन बिताउँछन् त्यस्ता बालकहरू पनि भने जस्ता हुन सक्दैनन् । जुन बालकहरू आमाको सौन्दर्यलाई संरक्षण गर्ने तथाकथित बहानामा धाइआमाहरूको भरोसामा बाँच्ने गर्दछन्, त्यस्ता बालकहरू पनि सोचेजस्ता हुन सक्छन् जस्तो मलाई लाग्दैन ।
स्वास्थ्य र बालकको हरेक क्षेत्रको विकासका लागि एउटा असल आमाले जे जति गर्न सक्छ, त्यो अरू कसैले पनि गर्न सक्छ जस्तो मलाई लाग्दैन ।

त्यसैले मेरो अनुभव र अनुभूतिको आधारमा निष्कर्ष निकाल्ने हो भने मातृवात्सल्य दिन नसक्ने करोडपति आमाभन्दा मातृवात्सल्यले भरिपूर्ण रोडपति आम नै बालकका निम्ति अहोभाग्य हुँदिरहिछन् । यी सबै कुराको रौचिरा विश्लेषण गर्दा मलाई गरिबको घरमा जन्मिएर ठीकै भएछ जस्तो लाग्छ ।

मेरो परिवार धनी भइदिएको भए सायद म बेबी केयर सेण्टर र होस्टेलमा बसेर अध्ययन गर्थें होला । मेरो देशका पाखापखेरामा लडिबुडी गर्दै हुर्कनुको सट्टा नाम मात्रका किण्डरगार्टन र मण्टेश्वरीमा अभ्यस्त हुँदै जान्थे होला । त्यस्तो भएको भए मलाई अहिले मेरा पाखापखेराको जति माया लाग्छ, सायद त्यति लाग्दैनथ्यो होला ।

साँच्ची, मेरी आमा धनी परिवारकी भइदिएकी भए मलाई धाइआमाको जिम्मा लगाउँथिन् होला । त्यतिबेला मातृवात्सल्यको सम्बन्धमा कथाहरू पढ्न पाएपनि अनुभूति गर्न पाउँदिनथें होला । गरिब हुनु परेको कारण मातृवात्सल्यको बारेमा कथाहरू पढ्न नपाएपनि आमाको काखमा हुर्किए र मातृवात्सल्यको अनुभूत गर्ने जुन अवसर मैले पाएँ, त्यही कुरा धनाढ्य भएर पनि धेरैका निम्ति मृगतृष्णा भइदिंदो रहेछ ।

स्कुलतिर गएको समयमा मातृवात्सल्यको कुरा गर्दा गहभरी आँशु पार्ने विद्यार्थीहरूलाई केरकार गर्दै जाँदा तिनीहरूमध्ये धेरैले बाबाआमा र त्यसमा पनि विशेषगरी आमाको माया नपाएको कुरा बोध हुने गर्दछ । भौतिक हिसाबले सम्पन्न भएपनि मातृवात्सल्यको अभावमा बाल्यकाल रसिलो र उर्बरिलो नहुने हो भने मलाई त दोहो¥याएर भन्न मन लाग्छ, हाम्रा बालबालिकालाई मातृवात्सल्य विनाको करोडपति आमाभन्दा मातृवात्सल्य सहितको रोडपति आमा नै कैयौं गुणा प्रिय छिन् । सबैलाई चेतना भया । jbshah072@gmail.com