२०७७ मंसिर १४, आईतवार

अभिनेता ओम पुरीको हृदयाघातका कारण निधन

om-puree-358x300काठमाडौं ।बलिउडका अभिनेता ओम पुरीको निधन भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार ६६ बर्षीय पुरीको हृदयाघातका कारण शुक्रबार आफ्नै निवासमा मृत्यु भएको हो ।सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मेका पुरीले आक्रोश, आरोहण, अर्धसत्य,माचिसलगायतका अन्य थुप्रै चलचित्रमा नायकको भूमिका खेलेका थिए । उनको अभिनय कुलाका कारण ती चलचित्र निकै चले । बोल्ड आवाज भएका पुरीको आवाज थुप्रै डकुमेन्ट्री तथा चलचित्रमा समावेश गरिएको छ ।

सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गरेका पुरी बलिउडमा मात्र नभई पाकिस्तानी तथा हलिउड चलचित्र जगतमा पनि उत्तिकै चर्चित छन् ।

पुरीलाई सन् १९७३ मा भारत सरकारले पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो भने चलचित्र आरोहण र अर्धसत्यमा सर्वश्रेष्ठ अभिनेता बन्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

-onlinedabali.com