२०७७ माघ १४, बुधबार

सुर्खेतको पूर्वी क्षेत्रमा टेलिफोनमा समस्या

imagesसुर्खेत, । पूर्वी सुर्खेतका विभिन्न गाविसमा नेपाल टेलिकमको नमस्ते फोन सेवाले काम नगर्दा स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।

आग्रीगाउँको देउँलीमा रहेको टावरमा खराबी आउँदा टेलिफोन सेवाबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ ।
काफलकोट, आग्रीगाउँ, घोरेटा, रानीवासका वडा नम्बर १,२,३ र ४ वडाका साथै बजेडीचौरका अधिकांश भू–भागमा टेलिफोनले काम गर्न छाडेको रानीवासका चन्द्रबहादुर रानाले जानकारी दिए ।

यस्तै, अहिले स्थानीयहरु सूचना आदान–प्रदान गर्न २ घण्टा पैदल हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको उनले जानकारीदिए । समस्याका बारेमा नेपाल टेलिकम कार्यालय, सुर्खेतमा जानकारी गराए पनि कुनै वास्ता नभएको स्थानीयको भनाइ छ ।

कार्यालयमा फोन गर्दा अधिकांश समय फोन नै नउठ्ने गरेको स्थानीयको गुनासो छ । यता, नेपाल टेलिकम, सुर्खेतका प्रमुख राजु थापाले एक÷दुई दिनमै मर्मतका लागि नेपालगञ्जबाट कर्मचारी सम्बन्धित ठाउँमा पुग्ने जानकारी दिए ।
स्थानीयको गुनासोलाई मध्यनजर गर्दै तत्काल मर्मतको टोली आग्रीगाउँ पठाउने थापाको भनाइ छ । सरकारले वि.सं. २०६७ असार २९ गते नेपालमा सबै गाविसमा टेलिफोन सेवा पुगेको घोषणा गरे पनि ग्रामीण क्षेत्रमा अझै पनि प्रभावकारी फोन सेवा पुग्न सके छैन ।