केयू उपकुलपतिमा पाँच जना सिफारिस
काठमाडौं:विश्वविद्यालयको उपकुलपतिमा पाँच जनाको नाम सिफारिस गरेको छ ।
विश्वविद्यालयको सभाले गठन गरेको उपकुलपति छनौट समितिले शुक्रबार पूर्व उपकुलपति रामकण्ठ माकाजुसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
शिक्षा मन्त्री धनीराम पौडेलका अनुसार माकाजु, पूर्व रजिष्टार भद्रमान तुलाधर, रजिष्टार एवं कार्यबाहक उपकुलपति भोला थापा, पूर्व डीन मनप्रसाद वाग्ले र बायोटेक्नोलोजी विभागका प्रमुख जर्नादन लामिछानेको नाम सिफारिस गरिएको छ । शिक्षा मन्त्री पौडेल संयोजक रहेको छनौट समितिमा सुरेशराज शर्मा र दमननाथ ढुङगाना सदस्य थिए ।
७८ वर्षीय भद्रमान तुलाधर पूर्वरजिष्ट्रार हुन् भने शिक्षाविद भनेर चिनिने मनप्रसाद वाग्ले काठमाडौं विश्वविद्यालयका पूर्वडिन हुन् ।सिफारिसमा परेकाहरुमध्ये बहालवाला लामिछाने र थापा मात्रै छन् ।
यसअघि काठमाडौं विश्वविद्यालयका प्राध्यापक संघले प्रा। डा। जनार्दन लामिछाने, प्रा। डा। भूपेन्द्र विमल क्षेत्री र प्रा। डा। कन्हैया झामध्ये एक जनालाई उपकुलपति बनाउन माग गर्दै शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । तर, शिक्षामन्त्री संयोजकत्वको छनोट समितिले सिफारिस गरेका पाँच जनाको नामावलीमा क्षेत्री र झा परेका छैनन् ।
सरकारले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मंसिर १३ गते उपकुलपति सिफारिस गर्न छनोट समिति गठन गरेको थियो । समितिमा प्रा। सुरेशराज शर्मा र दमननाथ ढुंगाना सदस्य छन् ।
source ://www.nayapage.c