२०७७ कार्तिक १०, सोमबार

छात्राहरुका लागि प्रभावकारी कार्य

cropped-logo-1अहिले पनि छात्राहरुलाई भन्दा छात्रहरुलाई नै प्राथमिकताका साथ अध्ययन गराउने प्रचलन समाजमा बढी नै देखिन्छ । समग्र समाजको सरसर्ती मनस्थिति हेर्ने हो भने छोराहरुभन्दा छोरीहरुलाई नै अलिक टाढा राखेको जस्तो अनुभूति हुन्छ । विद्यालयसम्म छात्राहरु पु¥याउनै मुश्किल, पु¥याईहालियो भने पनि तिनीहरुलाई टिकाउनका लागि भएभरको शक्ति खर्च गर्नुपर्ने अवस्था । यसले समग्र समाजको अवस्था र बुझाइको पनि एक प्रकारले चित्रण गरिरहेको देखिन्छ ।

एक गैरसरकारी संस्थाको पहलमा हाल सुर्खेतमा प्रभावकारी कार्यक्रम सञ्चालन भएको छ । जिल्लामा सञ्चालन भएको बैनी शिक्षाका लागि दिदी कार्यक्रमले यसरी नै बीचैमा विभिन्न कारणले पढ्न छोडेका बालिकाहरुलाई पुनः विद्यालय फर्काएको छ । कार्यक्रममा ठूली दिदीको भूमिकामा रहेका छात्राहरुले पढाई छोडेका साना बहिनीहरुको पढाइ छोड्नुको कारण पत्ता लगाएर पढ्न प्रेरित गर्ने गरेका छन् ।

उनीहरुले समस्या पत्ता लगाएर समस्याको समाधान गर्न पहल गर्ने र विद्यालय जाने वातावरण बनाउने गरेका छन् । यो कार्यक्रमबाट बालिका शिक्षाका चुनौतीहरुको पनि पहिचान गरिएको छ । बालविवाह, सिकाई स्तरमा अन्तर, सञ्चारको दुरुपयोग, शैक्षिक सामग्रीहरुको उपलब्धता नहुनु, भौगोलिक विकटता, आर्थिक समस्या, बालिकामैत्री शौचालय नहुनु, अभिभावकको चासो नहुनुलगायत समस्या यसमा देखिन्छन् ।

यो अवस्थाबाट पार पाउन र छात्राहरुको विद्यालय छोड्ने दरलाई शून्यमा झार्न अहिले गरिएको कदम प्रभावकारी छ । जिल्लाका केही विद्यालयमा मात्रै गरिएको भएपनि यो कार्यक्रमको सन्देश भनेको जिल्लाका सबै विद्यालयमा लैजानुपर्ने जरुरी छ ताकी यसले समग्र क्षेत्रमा प्रभावित भएका किशोरीहरु वा छात्राहरु विद्यालयमा ढुक्कले जाउन् ।

उनीहरु विद्यालयको समयभरी विद्यालयमै रहुन् र गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्दै आफ्नो उदेश्य प्राप्त गरुन् । यसका लागि आवश्यक अन्य सरोकारवाला निकायलाई सँगसँगै अगाडि लिएर जान जिल्ला शिक्षा कार्यालयले सबैको नेतृत्व निर्वाह गर्न सक्नुपर्छ ।