२०७७ माघ ८, बिहीबार

म अप्ठ्यारोमा छैन, देश अप्ठ्यारोमा छः प्रचण्ड

pm-prachanda-shanta-book-lunchकाठमाडौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताएका छन् । नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले आफू अप्ठ्यारोमा नरहेको तर देश अप्ठ्यारोमा रहेको बताए ।

उनले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको उल्लेख गरे । देशको अप्ठ्यारो हल गर्ने प्रयासमा आफू रहेको उल्लेख गर्दै प्रचण्डले त्यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी भएको बताए ।

‘संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारी गरिरहेका छौं’, सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँदै प्रचण्डले भने, ‘मेरो प्रयत्न देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने होइन, हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु हो ।’

उनले राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै सफल हुने र राष्ट्रिय एकता कायम हुने बताए ।

कार्यक्रममा राष्ट्रिय राजनीति र सिर्जनाका विभिन्न क्षेत्रमा योगदान गर्ने सात जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

source khabardabali