२०७७ कार्तिक ११, मंगलवार

अध्ययान, मनन र लेखन विधिबाट पढे सफल होईदोरहेछ – ढकाल

ganesh
हरेक विद्यार्थीका आ— आफनै चाहाना हुन्छन । सबै विद्यार्थीहरुलाई एउटै किसिमको वातावरण मन पदैन । विद्यालयको वातावरण विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रशनहरु तेस्याउँछौ । केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिभित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ ।

हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनीधि पात्रका रुपमा सुर्खेत मोडेल कलेजका बिबियस दोस्रो वर्षमा अध्ययनरत छात्र गणेश ढकाललाई भेटाएका छौ । प्रस्तुत छ ढकालसँग हाम्रो इनयाँ नेपालकर्मी नरजङ्ग तामाङ्गले गरेको कुराकानीको संक्षेप:

 कस्तो चल्दैछ पढाई ?
रामो छ । वि.वि.यस दोस्रो वर्षको परिक्षाको तयारीमा छु ।

 पढाई कस्तो भईदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?
लेखचर विधिमा पढाइ हुन्छ, एकहोरो खाल्को नभएर दोहोरो प्रणलीबाट विधार्थीको चाहाना फरक हुन्छ । भावना बुझेर समित कोर्षमा नभइ बाहिरी ज्ञान दिनुपर्छ जस्तो लाग्छ ।

 स्व अध्ययान कतिको गर्नु हुन्छ नि ?
कक्षामा ध्यान दिएर पढछु बुझछु पनि घरमा गएर पुन रिपिट  पढ्छु । पढनका लागि होइन बुझनाका लागि पढछु ।

 अहिले सुर्खेत मोडेल कलेजको जुन वातारण छ यो वातारण पढाईको लागि कस्तो लाग्छ नि
मेरो कलेजको वातावरण जुन छ विधार्थी,शिक्षक,कलेज प्रशासक तिनवटै त्रिकोण हुनु एउटाले चाहेर हुदैन सबैको साथ सहयोग हुनु पर्छ तिनवटाकै महत्वपूर्ण भुमिका छ ।

 कुन शिक्षकले पढाएको तपाईलाई राम्रो सँग बुझे जस्तो लाग्छ ?
सबै शिक्षकले पढाएको मैले बुझछु तर मेरो रुचि अर्थशास्त्र भएकोले अर्थशास्त्रको शिक्षक सिहंराज गुरुङले पढाएको बुझिन्छ ।

 तपाई भविष्यमा के बन्न चाहानुहुन्छ ?
मेरो भविष्यमा स्वच्छ छवि भएको राष्ट्रसेवक कर्मचारी बन्ने निति निमार्ण तहसम्म पुगि त्यस क्षेत्रमा विधमान हटाउने भविष्यमा नेपाल सरकारको सचिव सम्म पुग्ने इच्छा छ ।

 तपाई राम्रो नतिजा ल्याएर मध्यपशिचम तथा सुदुर पशिचम प्रथम र नेपाल तृतिय हुनु भएको छ । यसको महत्वपूर्ण भुमिका कस्को बढि छ ?
मुख्य परिवारले राम्रो वातावरण सिजृना गर्नु भएकोले आमाबावु लगायत परिवारबाट उत्प्रेरणा दिइरहनु हुन्छ । त्यस लगायत मेरा शिक्षकहरु सार्थीहरु अहिले सुर्खेत मोडेल कलेजमा मैले पाएको शैक्षिक वातावरण महत्वपूर्ण भुमिका खेलेको छ ।

 राम्रो विधार्थीमा हुनु पर्न गुणहरु के–के हुन राम्रो नतिजा ल्याउन कसरी सफल भइन्छ जस्तो लाग्छ ?

यो सन्र्दभमा राम्रो केलाई भन्ने प्रशन उठछ । राम्रो प्राप्ताङ्ग मात्र राम्रो विधार्थीको चिनारी होइन । यदी उसमा लगाब परिवर्तनकारी सोच केही गर्नु पर्छ भन्ने भावना छ भने उही राम्रो विधार्थी हो । पढेर जान्नु र परिक्षामा राम्रो अंक ल्याउनु फरक हुन परिक्षामा के जान्यो भन्दा के लेख्यो महत्वपूर्ण राख्छ एउटा परिक्षा प्रणालीको कमजोरी हुन । सक्ला जे भएपनि उत्तरपुस्तिका मुल्याङ्गकन गर्न आधार परिक्षाले खोजेको कुरा समन्वयन गरि लेखेमा राम्रो नतिजा आउछ ।

 तपाईलाई सुर्खेत मोडेल कलेजका मन नपर्ने पक्षहरु के के हुन ?
नराम्रो भन्ने खासै केही पनि छैन । कलेजमा उपलब्ध वातावरणमा म आफु अनुकुल हुने प्रयास गर्छु ।

 तपाईका कलेजका राम्रा पक्षहरु के-के हुन ?
विधार्थीको मन भावनालाई उच्चतम ख्याल गरिन्छ । विधार्थीहरुको व्यक्तित्व विकासका लागि अक्तिरिक्त क्रियाकालपहरु सिर्जना गरिन्छ । समुहकार्य र प्रस्तुतिबराणबाट अध्ययन अध्यापन गराइन्छ । जसका लागि श्रोत साधन उपलब्ध गराइन्छ । विभिन्न अवसरहरुमा विशिष्ट व्यक्तित्वहरु सँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिन्छ यिनै हुन राम्रा पक्ष

 तपाईले अरु सार्थीहरुलाई के सुझाव सल्लहा दिन चाहानु हुन्छ ?
पढाईको सफलतालाई आफुले समाज र देशका लागि गरेको योगदान सगँ जोडिनु पर्छ । कुनै पनि कुरा सिकी रहदा त्यसलाई बाध्यातामक रुपमा नलिई यो सिकाई मेरो भविष्यसगँ जोडिएको छ । भन्ने सोच्नु पर्छ । सबै विधार्थी सार्थीहरु लाई अध्ययान मनन र लेखन विधिबाट पढन सल्लाहा दिन चाहान्छु ।