२०७७ माघ १४, बुधबार

धामी झा“क्रीको भर पर्दा अङ्गभङ्ग कुष्ठरोगी भन्छन्, ‘धामी झाँक्रीको भर पर्दैनौं’

kustrog-pp-1सुर्खेत,  । रूकुम झुलागाउँकी ६० वर्षे कौशिला जैसी धामी झाँक्रीको भर पर्दा कुष्ठरोगले थलिइन् । जब उनलाई धामीझाँक्रीको भर पर्दा आफ्नो जीवन नै गुम्न सक्ने डर हुन थाल्यो, त्यसपछि भने सुर्खेतमा रहेका  आइएनएफको क्लिनिकमा आइपुगिन् । आइएनएफको सम्पर्कमा आएपछि उनले जीवन पाएकी छन् ।

उनी आईएनएफमा नौ पटक आइसकेकी छन् । उनलाई ६ वर्ष अघिदेखि कुष्ठरोग लागेको थियो तर सुरूमा धामी झाँक्रीकै भर परिन् । जसले समस्या झन् गम्भीर बनेको थियो । धामी झाँक्रीकै भर पर्दा हातखुट्टामा कुष्ठरोगले समात्यो, आँखासमेत कमजोर भए । कौशिलाका दुवै हातखुट्टा अनि हातका औँला झरेका छन् ।

अहिले उनी आईएनएफ, सुर्खेतमा उपचाररत छन् । पहिले नै रोगको बारेमा थाहा नपाउँदा आफ्नो यस्तो अवस्था भएको उनको भनाइ छ । यतिमात्र नभएर पहिला त उनले अन्धविश्वासककारण गाउँमै धामी झाँक्रीसमेत गरिन् । अब रोगको बारेमा थाहा भएपछि भने धामीझाँक्रीप्रति उनलाई पटक्कै विश्वास छैन ।

‘‘सुरूमा धामी झाँक्री गरियो’’ उनले भनिन्, ‘‘थाहा नहुँदा हातखुट्टा यस्ता भए, अब यो धामी झाँत्रीmको कहिल्यै विश्वास गर्दिनँ ।’’ उनले थपिन्, ‘‘पहिला त घरमा नै धामीझाँक्री गरियो, बोक्सी लागेको हो भने त्यही भएर, अब त लाग्दैन धामीझाँक्रीमा, विश्वास नै लाग्दैन ।’’ जाजरकोट पँजारूका ७२ वर्षिय रत्नेबान टमटा पनि करिब १६ वर्षदेखि कुष्ठरोगबाट पीडित छन् ।

उनको समाज पनि त्यस्तै थियो, त्यतिबेलाअनि उनले देउता लाग्यो भनेर सुरूमा धामी झाँक्री गरे । तर अपसोच उनलाई के थाहा–यो एउटा यस्तो रोग हो, जुन रोगको समयमै उपचार भएन भने अङ्गभङ्ग भईन्छ भनेर । अनि रत्न ेव ानले पनि रा ेगले ग्रस्त भईसकेपछि मात्रै थाहा पाए ।

उनले पनि धामी झाँक्रीको विश्वासले यो अवस्था भएकोमा पश्ताचाप गर्दै भने, ‘‘अब त कहिल्यै विश्वास गरिँदैन हजुर, एक साल पोखरा बसेँ, यसैको उपचारको लागि, यो रोग ला’को सोह्र वर्ष भयो, पहिले नै थाहा भको भए त किन यस्तो हुन्थ्यो र हजुरेरै पैसा खर्च गरेको बताए ।

अछाम कुईँकाका ६८ वर्षिय मनिराज उपाध्यायलाई भने सुरूमै शरीरका अङ्गहरूमा थोरै समस्या देखिँदा कुष्ठरोग भएको अनुमान गरेर आइएनएफमा आए । उनी धामी झाँक्रीको अन्धविश्वामा परेनन्, जसले गर्दा उनी अङ्गभङ्गबाट बचे । आईएनएफमै उपचार गराईरहेका उनको रोगको बारेमा आफ्नो परिवारबाहेक कसैलाई थाहा छैन । समाजले यो रोगलाई नकारात्मक दृष्टिकोणले हेर्ने भएकाले उनले कसैलाई बताउँदैनन् ।

‘‘मैले रोग लाग्नेबित्तिकै शंका गरे, चैत महिनाबाट औषधी खान ला’को हो मैले,’’ उनले भने, ‘‘घरपरिवारबाहेक अरूलाई थाहा छैन, समाजले नराम्रो दृष्टिकोणले हेर्छ भन्ने थाहा छ मलाई ।’’ उनले समाजमा रहेको यस्तो नकारात्मक सोच र अन्धविश्वासलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । आइएनएफमा उपचार गराइरहेका उनीहरूले समाजका जोकोही नागरिकहरूलाई धामीझाँक्रीमा विश्वास नगर्न अनुरोधसमेत गरेका छन् ।