२०७७ मंसिर ९, मंगलवार

आचार्यका स्मृतिमा फाउण्डेशन स्थापना हुने

सुर्खेत,  । गत माघ २३ गते मृत्यु भएकी तुल्सी आचार्यको नाममा फाउण्डेशन स्थापना गरिने भएको छ । तुल्सी आचार्य फाउण्डेशनका नाममा प्याब्सन दिवसको अवसरमा आज ( आइतबार) आयोजित कार्यक्रममार्फत् घोषणा गरिंदैछ ।

प्याब्सन, सुर्खेतले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष वेदप्रसाद ढकालले अभिभावक, विद्यालयको संयुक्त पहलमा आइतबार आयोजना गरिने कार्यक्रममा फाउण्डेसनको औपचारिक घोषणा हुने जानकारी दिए । सो फाउण्डेशनमा कर्णाली एक्स्पोको आयोजक सुर्खेत उद्योग वाणिज्य संघ, प्याब्सन सुर्खेत तथा जिल्लाकासंस्थागत विद्यालयहरूले पनि आर्थिक सहयोगको घोषणा गर्ने जनाईएको छ ।

२७ औ प्याब्सन दिवसको अवसरमा जिल्लामा विभिन्न अतिरिक्त क्रियाकलाप गरिएको भन्दै ति क्रियाकलापमा विजयीहरूलाई पनि आज (आइतबार) दिउँसो हुने कार्यक्रममा पुरस्कृत गरिने छ । त्यस्तै, जिल्लामा गत एस्एल्सीमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरू, अभिभावकहरू, कला क्षेत्रमा योगदान दिने सर्जकहरूलाई पनि सम्मान गर्ने कार्यक्रम छ । जिल्लाका ६५ विद्यालयका शिक्षकहरूले स्थानीय मंगलगढीबाट ¥याली निकालेपछि कभर्ड हलमा गएर औपचारिक कार्यक्रमको आयोजना गरिने प्याब्सनको भनाइ छ ।