२०७७ मंसिर २०, शनिबार

नेटामा अस्थायी प्रहरी चौकी

imagesसुर्खेत,  । सामाजिक सुरक्षालाई मध्यनजर गर्दै सुर्खेतको नेटामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । चौकीको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

नेटालगायत आसपासका गाविसको सुरक्षाको लागि प्रहरी सहायक निरीक्षक नरेन्द्रराजैतमको नेतृत्वमा ६ सदस्यीय प्रहरी टोली त्यहाँ राखिएको हो । विगत केही वर्ष पहिलेदेखि स्थानीयहरूको गुनासोलाई मध्यनजर गर्दै गाउँ विकास समिति नेटा चौकी स्थापना गरिएको जनाइएको छ ।

चौकी स्थापना भएपछि स्थानीयहरू सुरक्षित महसुस गरेका छन् । त्यहाँ अहिलेसम्म प्रहरी चौकीनभएको र प्रहरी चौकी नहुँदा नेटा, रझेना, पाम्का लगायतका नागरिकहरू आफ्नो सुरक्षासम्बन्धी गुनासो भन्न रामघाट प्रहरी आउनुपर्ने बाध्यता थियो ।