२०७७ मंसिर १५, सोमबार

प्राइमको कारोबार सवा अब

सुर्खेत,  । प्राइम बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–६ ले आर्थिक वर्ष ०७२÷७३ मा एक अर्ब १२ करोड १२ लाख ७५ हजार २ सय ७३ रूपैयाँ कुल कारोबार गरेको छ ।

संस्थाको १६ औं वार्षिक साधारण सभामा स ंस्थाका कोषा ध्यक्ष पूर्णबहादुर बुढाक्षेत्रीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदनअनुसार १ अर्ब बराबरको कारोबार गरेको उल्लेख छ । यस्तै, सहकारीको ६ करोड ८ लाख ६५ हजार २ सय रूपैयाँ शेयर पुँजी रहेको छ भने ३३ करोड १९ लाख १० हजार ३ सय ५४ कुल बचत र२४ करोड ७३ लाख ७४ हजार २ सय ७१ रूपैयाँ कुल कर्जा रहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले आव ०७४ का लागि १ अर्व २८ करोड बरावरको कारोवार गर्ने लक्ष्य लिएको छ । सभाको अवसरमा संस्थाका सचिव विनोद बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिवेदनमा जिल्लाका विभिन्न गाविसहरूमा सेवा केन्द्रहरू विस्तार गर्ने, वचत तथा लगानी कार्यलाई थप सशक्त बनाउदै स्थानीय उपभोग्य सामाग्रीलाई उत्पादन तथा वितरणलाई प्रभावकारी बनाउन सहयोग गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।