२०७७ मंसिर १६, मंगलवार

२७ औं प्याव्सन दिवसमा समिक्षा मृत्युको बहस सरकारी नियम नमान्दा समिक्षाको मृत्यु

15970540_1781355052190384_895330849_nसुर्खेत  ।निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपाल सुर्खेतले २७ औ स्थापना दिवस मनाएको छ ।
दिवसमा यस अघि सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली एक्सपोको ¥यालीमा सहभागी हुँदा मृत्यु बरण गरेकी छात्रा समिक्षा आचार्यको मृत्युको कारणको बहस गरिएको थियो ।

होराइजन कक्षा ९ मा एकेडेमीमा अध्ययनरत छात्रा आचार्यको मृत्युको कारण ¥यालीमा सहभागी बनाइनु भएको भन्दै सरोकारवालाहरुले अबका दिनमा विद्याय संचालकहरु र सरोकारवालाहरु सचेत हुनपर्ने बताएकाछन् ।

कार्यकक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले हरेक अभिभावकहरुले आफ्ना सन्ताको भविष्य उज्वल होस् भन्ने चाहने भएकोले विद्यालयहरुले बालबालिकाको भविष्यको लागि गम्भीर हुनुपर्ने बताए । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको निकाय प्यासन पनि भएको भन्दै सरकार अभिभावक भएकोले सरकारले गरेको निर्देशन अनुसार निजी विद्यालयहरु संचालन हुनुपर्ने बताए । समिक्षाको मृत्यु प्रकरणकै बारेममा बोल्दै जिल्ला शिक्षा अधिकारी शाहले सरकारी निमय पालाना नगरकै कारणले घटना भएको हो बताए ।

गत मंसिरमा आयोजना गरिएको सुर्खेत उद्योग वाणिज्य महासंघबाट विद्यालयबाट ¥यालीको लागि विद्यार्थीहरुको सहभागी गराई दिने भनेर सिफारिस गरिएकोमा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत नगरिएको समेत जिल्ला शिक्षा अधिकारी शाहले जानकारी गराएका थिए । उनले भने– ‘‘यसरी कुनै पनि भेला, सभा, ¥यालीामा विद्यार्थीहरुलाई प्रयोग गर्ने नपाई भन्दै चिठि लेख्दा लेख्दै कुनै विद्यालयहरुबाट विद्यार्थीहरु सहभागी गरियो, त्यो ¥यालीमा हाम्रा विद्यार्थी सहभागी नभईदिएको भए घटना हुदैन थियो की ।’’

जिल्ला शिक्षा अघिकारी शाहले समिक्षा आचार्यको घटनाबाट पाठ सिक्नुपर्ने भन्दै विद्यालयहरुलाई सचेत हुन आग्रह गरे । आचार्यको घटनाको जिल्ला शिक्षा कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले जिल्ला शिक्षा कार्यालयमा प्रतिबेदन पेश गरिसको उनको भनाई छ । जिल्ला शिक्षा समितिको बैठकबाट छलफल गरी सार्वजनिक गर्ने शाहको बताए । छलफल बहस गरेर कार्यान्वयन हुने कुरा अगाडि बढाउने बताए ।

जिल्ला शिक्षा कार्यलयको अनुमति विना बालबालिकाहरुलाई बाहिर लिन नपाउने सर्त हुनु आवश्यक रहेको अन्य सरोकारवालाहरुले पनि जोड दिएकाछन् । कुनै राजनैतिक दलहरुले गरिएका बन्द हडतालका कराण विद्यालय एक छिन पनि बन्द गरिनु नहुनेमा समेत सरोकारवालाको जोड छ । विद्यालयले बालबालिकाहरुको व्यक्तिगत प्रोफाइलहरु राख्नु आवश्यक भएको सहभागीको भनाई छ ।
कार्यक्रममा बोल्दै मृतक छात्रा समिक्षा आर्चायका बुबा वाइपी आर्चायले समिक्षा आर्चाय रोगबाट ग्रसित भनिएको तथ्य नभएको दावी गरेकाछन् । सुर्खेतमा बालबालिकाहरुलाई कुनै पनि ¥यालीमा सहभागी नगराउने भनेर २०७० मा हस्ताक्षर भएको स्मरण गराउँदै उनले ¥याली मै आएको कारणले समिक्षाको मृत्यु भएको बताए । समिक्षाको चार मिनेट अगाडि नै प्राथमिक उपचार भएको भए यो घटना नहुने उनले बताए ।

कार्यक्रममा प्यावसन सुर्खेतका अध्यक्ष देवप्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्यावसन दिवसको अवसरमा विभिन्न विद्यालयमा सम्पन्न अन्तर विद्यालय स्तरिय कार्यक्रममा उत्कृष्ठ स्थानमा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । यस्तै गरि प्रा.वि स्तरिय चित्रकला प्रतियोगितामा प्रथम न्यू स्टार एकेडेमीका प्रथम अर्जुन सुनार चेतना विद्या निकेतनका सोनु नेपाली रहेका छन । यसैगरि दृतिया नासा एकेडेमीका प्रविन थापा,चेतना विद्या निकेतका अपेक्षा रास्कोटी तृतिया भि एम ए का क्षेत्र केसी सुर्खेदय बोडिङ स्कुलका इना शाही पुरस्कृत भएका छन ।

यसै गरि निम्नमाध्यामिक स्तरिय प्रतियोगितामा चित्रकला प्रतियोगितामा प्रथम गोल्डेन बर्ड एकेडेमी प्रथम डायमण्ड रावत स्ुर्खेत होराइजन एकेडेमी स्कुलका यसोदा शर्मा दृतिया सिद्धपाइला इनलिस बोडिङ स्कुलका अनिसा चौधरी सुर्योदय बोडिङ स्कुलका अशोक घले तृतिया सिद्धपाइला इङलिस बोडिङ स्कुलका अर्जुन आर्चाय सुर्योदय बोडिङ स्कुलका विपना शाही पुरस्कार प्रदान गरिएको थियो यसै गरि प्रावि स्तरिय हिज्जे प्रतियोगिता प्रथम चेतना विद्या निकेतन स्क्ुलका मेधराज पौडेल र सृजना थापा दृतिया न्यू स्टार बाट कुसुम चौधरी राम बहादुर बुढा तृतिया नासा एकेडेमीबाट अनमोल गुरुङ्ग र सृजना रास्कोटी जनप्रिय स्कुलबाट सान्त्वना कल्पना कल्पना पराजुली र जिवन पाण्डेलाई प्रदान गरिएको छ ।

यसै गरि निम्नमाध्यामिक स्तरिय वादविवाद प्रतियोगितामा उत्कृष्ठ नासा एकेडेमीबाट प्रथम चन्द्रा खत्री दृतिय सुर्योदय बोडिङबाट निसा रुचाल र तृतिय सुर्खेत होराइजनका प्रविण आचार्य र डाइनामिक इनलिस बोडिङबाट सान्त्वनामा देव दर्शन सिह पुस्कृत भएका छन । यसै गरि माध्यामिक स्तरिय वक्तृवकलामा प्रथम कत्र्रmेविहार माध्यमिक विद्यालयका पुजा बुढा क्षेत्री दृतिया सिद्धपाइला बोडिङ स्कुलका अर्जुन आर्चाय तृतिया चिल्ड्रन प्याराइज बोडिङका मालती सुवेदी सान्त्वना सुर्योदय बोडिङका सविन थापा मगर पुरस्कार प्रदान गरिएको छ ।

भने एस एल सीमा २०७२ मा उत्कृष्ठ अंक ल्याउने छात्र तर्फ विवेक रेगमी छात्राहरु तर्फ रुविना वली अनिता पुलामी मगरलाई पुरस्कार प्रदान गरिएको थियो । यस्तै गरि शैक्षिक क्षेत्रमा काम गर्ने सेन्ट मेमोरिज बोडिङ स्कूलका प्रार्चाय नवराज गुरुङ र जनज्योती मा.वि बडिडचौरका प्रार्चाय नारायण सिग्देललाई सम्मान गरिएको हो । प्यावसन दिवसको अवसरमा दृष्टि विहिन हेरचाह केन्द्रका जिवनकुमार शाक्यालाई १० हजार १ सय रुपैया सहयोगा गरिएको थियो ।

कार्यक्रममा शैक्षिक तालिम केन्द्रका प्रमुख दीपा हमाल प्यावसन केन्द्रिय सदस्य बाललिप कडेल, सीताराम पौडेल प्यावसन उपाध्क्षय कृष्ण प्रसाद शर्मा प्यावसनका सल्लाहाकार सागर भुसाल,शिक्षक महासंघ अध्क्षय पदम प्रसाद गौली, सल्लाहकार हेमप्रकश भुसाल सिताराम कार्की डिल्ली राम निरौला नेपाल प्यावसन सुर्खेतका अध्यक्ष सरद भण्डारी लगायतका उपस्थित रहेको थिए ।