२०७७ माघ ३, शनिबार

नयाँ बसपार्कबाट चार भारतीय रंगेहात पक्राउ

sex-358x300

२५ पुस झापा ।यौनकार्य गरिरहेको अवस्थामा चार भारतीय नागरिक र चार नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट उनीहरुलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार अवैध यौन गतिविधि भइरहेको सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागतम् होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।