२०७७ कार्तिक ५, बुधबार

म निद्रामा बर्बराउछु रे….,

hari rokaya            गजल

साटियसी मन,फेरि फिर्ता आउने छैन,
अमुल्य यो जीवन,फेरि फिर्ता आउने छैन ।
मेरो बोली तिम्रो लागि ,गोलि नबनोस,,
थाहा नै छ वचन,फेरि फिर्ता आउने छैन।।

तिमि जादै ,अनि आउदै गरेको देखे,
सपनिमा मेरै पछि ,धाउदै गरेको देखे !!
सस्तो माया दियको नाटक देखाउदै,
तिमिले अधिकार ,जमाउदै गरेको देखे !!

       गजल

म निद्रामा बर्बराउछु रे….,
नजानिनजानिकनै,,
थाहा छैन के बोल्छु ?
तर सुन्नेहरु भन्छन,प्राय म तिम्रै नाम लिन्छु रे….
तिम्रै बारे बोल्छु रे….!
थाहा छैन ,गलत हो या सहि ?
तर यत्ती चाही साचो ठान्दछु,
यो मेरो पागलपन, बेबारिसेपन बाहेक केहि पनि हैन…!!

       मुक्तक
आफै आफ्नैलाइ फुटायौ ,तिम्रै गल्ती हो,
दुश्मनको साथ जुटायौ, तिम्रै गल्ती हो।
नसोची, नबुझी अनि नजानिकनै ,
बेकारमा जवानी लुटायौ, तिम्रै गल्ती हो।

  मुक्तक 
त्यो लाशले मलाइ, चिहायर भन्छ,
साच्चै भन्छ, या जिस्कायर भन्छ।
म उठ्छु अनि, जलाउछु दुनिया,
आफ्नै चिताबाट ,चिच्यायर भन्छ।

             मुक्तक 
मलाइ मार्ने धम्की दिन्छन, तोरि लाहुरेहरु,
घाइते पार्ने धम्की दिन्छन, तोरि लाहुरेहरु।
म जितिरहेकै हुन्छु, हर बखत तिनैलाइ,,
अझै हार्ने धम्की दिन्छन, तोरि लाहुरेहरु।।