२०७७ मंसिर १०, बुधबार

सहमति मै संविधान संशोधन हुन्छ – सभामुख घती

onsari iiiii

सुर्खेत, सभामुख ओनसरी घर्ती मगरले संविधान संशोधन सहमति मै हुने बताएकिछन् । नेपालको संविधानको कार्यान्वयनका लागि पनि सम्पूर्ण राजनीतिक दलहरु सहमतिमा आउनुपर्ने भन्दै उनले दलहरुको सहकार्य र सहमति मै संविधान संशोधन हुने विश्वास व्यक्त गरिन् । यहाँको वीरेन्द्रनगरमा बुधबार नेपाल मगर संघ सुर्खेतले आयोजना गरेको माघि मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएकि हुन् ।

सभामुख घर्तीले संविधान संशोधनका विषयमा अहिले राजनीतिक दलहरुबीच फरकफरक बुझाइ भएकोले विवाद भएको भन्दै दलहरुबीच बाटै सहमतिको सुन्दर बिचार आउनेमा विश्वास आफूलाई रहेको बताइन । जनता भन्दा माथि कोही नभएको भन्दै उनले जनता केन्द्रित राजनीतिक दलहरुले समाधानको विन्दु पत्ता लगाउने उनको भनाई छ ।

यसैबीच प्रसंग बदल्दै सभामुख घर्तीले संघीयताका बारेमा अहिले केही भ्रम फैलिएको भन्दै संघीयता सामान्य अर्थमा जनतालाई राज्यको पहुँचमा पु¥याउनु संघीयता भएकोले संघीयता कार्यान्वयनमा सबै लाग्नुपर्ने बताइन । राज्यको अनुभूति नगरेका जनताहरुलाई राज्यको पहुँचमा पु¥याउनका लागि संविधान र संविधानमा रहेको संघीयतालाई छिटोभन्दा पनि छिटो कार्यान्वयन गर्नुपर्नेमा सभामुख घर्तीले जोड दिइन ।

20170111_141922जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने भएकोले सबै राजनीतिक दलहरुलाई मिलेर अगाडि बढ्न सभामुख घर्तीले आव्हान समेत गरेकिछन । ‘‘जनतालाई अधिकार सम्मपन्न बनाउनु छ,’ उनले भनिन्–‘यसका लागि संविधान, संघीयता कार्यान्वयन मुख्य कुरा छ, राजनीतिक दलहरु मिलेर अगाडि बढ्न म आव्हान गर्न चाहन्छु ।’’

संविधानलाई कार्यान्वयन गरी प्रत्यक नेपालीलाई फुल्ने वातावरण बनाउनुपर्ने भन्दै सभामुख घर्तीले संघीय नेपालमा नै सबै नेपालीले फूल्न पाउने भएकोले संघीयतालाई कायान्वयन गर्न पटक पटक आव्हान गरेकि थिइन । संघीयताले देश टुक्राउछ, जातिजातिबीच फाटो ल्याउँछ भन्दै जातीय नारा समेत लागाउने जस्ता कुराहरु बाहिर आएको भन्दै उनले यी दुई कुराबाट सतर्क हुनुपर्ने पनि बताइन ।

एक फरक अर्काे प्रसंगमा बोल्दै सभामुख घर्तीले अब स्थानीय निकायको निर्वाचन हुने बताएकिछन् । कहिकतै स्थानीय निकायकै निर्वाचन गराउने कुराहरु आइरहेको भएपनि सरकार स्थानीय तह कै निर्वाचन गराउने प्रक्रियामा अगाडि बढिसकेको सभामुख घर्तीले बताइन ।

अहिलेको आवश्यकता संविधानको कार्यान्वयन भएको भन्दै उनले स्थानीय तहकै निर्वाचन हुने बताइन । त्यसमा सबै जसो दलहरु सहमत नै रहेको उनको भनाई छ । अहिले स्थानीय तहको विध्येकको काम पनि भइरहेको भन्दै उनले अब स्थानीय तहकै निर्वाचनको तयारीमा सरकार जुटेको जानकारी दिइन ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले सम्पूर्ण जातजातिको अधिकारका लागि पनि संघीयता कार्यान्वयन गर्नुपर्ने बताए । उनले मगर जाति नेपालको सभ्यता भएको भन्दै मगरात प्रदेशका लागि आफूहरु लडिरहने बताए । आफूहरुले मगरातसहितको नेपाल र नेपाल सहितको मगरात चाहेको भन्दै आफ्नो माग पुरा राएरै छोड्ने बताए ।

संशोधनमा उल्लेख भएको प्रदेश नं. ४ लाई नै गरात बनाउनुपर्ने उनको भनाई छ । उनले मगरात रहे मगर रहने र मगर रहे मात्र नेपाल रहने दावी गर्दै जाति विषेशको कुरा नसम्झिएर नेपालको सभ्यता सम्झिएर मगरातको माग पुरा गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसद सीता नेपालीले सबैलाई समेट्नका लागि संविधान संशोधन गर्न लागिएको भन्दै संविधान कार्यान्वयन भए मगरका मागहरु पनि पुरा हुने बताइन । उनले सुर्खेतका लेकबेशी नगरपालिकालाई पनि मगर स्वायत्त बनाउन सकिने भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाइन ।

?

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेकपा (एमाले) सुर्खेतका अध्यक्ष धुब्र शाही लगायत नेपाल मगरसंघका नेताहरुले पनि सम्बोधन गरेका थिए । यही पुस २९ गतेसम्म संचालन हुने मेलामा १५ वटा स्टल समेत राखिएकाछन् । मेलाअवधिमा धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता, एकल नृत्य र गीत प्रतियोगिता पनि आयोजना गरिने छ ।

यस्तै मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि हुनेछ । साथै स्थानीय साँस्कृतिक कार्यक्रमहरु पनि हुनेछन । मेलामा सोरठी, ख्याली, सालैजो, कौडा, ठाडो भाका, दोहोरी आदि गीतहरु पनि प्रस्तुत हुने जनाइएको छ । मेलोको उद्घाटन मूल आयोजक समिति संयोजक तथा नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर बंशिको अध्यक्षतामा भएको हो ।