२०७७ माघ ७, बुधबार

संविधान कार्यान्वयनका लागि धर्ना

सुर्खेत, पुस २८ । न्यायिक संशोधन सहित संविधानको यथा शिघ्र कार्यन्वयनको माग गर्दै सुर्खेतमा धर्ना सुरु भएको छ । सहकार्य शान्तिको अभियान अन्तर्गत बिहीबारदेखि एक घण्टे धर्ना कार्यक्रम सुरु भएको हो ।

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का कार्यसमिति तथा कर्मचारीहरुले एक घण्टा काम राकेर धर्ना दिएका छन् । शान्तिका लागि धर्ना सुरु गरिएको अभियान्ता मधुरानी ढकालले बताइन । धर्ना हरेक विहिबार विभिन्न ठाउँहरु जिल्ला प्रशासन तथा विभिन्न चोकहरुमा हुने बताउँदै अभियान्ता ढकालले शान्तिप्रेमी नेपालीहरु जोकोहीपनि धर्नामा सहभागी हुन सक्ने बताइन । उनका अनुसार हेरक विहिबार ३ बजेदेखि एक घण्टा धर्ना गरिनेछ । स्थानीय निर्वाचनको मिति नतोकेसम्म धर्ना जारी रहने उनले बताइन ।

संविधानमा महिला सम्बन्धीका कानुनुहरुलाई तत्काल निर्माण गरी कार्यन्वयनमा लिनुपर्ने, निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने , आमाको नामबाट नागरिकता सुनिश्चित गर्नु पर्ने जस्ता कुराहरु संशोधन गरेर तत्काल संविधान कार्यन्वयन गर्नुपर्नेमा धर्नामा सहभागीहरुले जोड दिएका छन् ।