२०७७ मंसिर १०, बुधबार

स्थानीय संरचनाको नेतृत्वमा पुग्न महिलाहरुको तछाडमछाड,

15978136_1823435044571594_404177050_n (1)सुर्खेत, पुस २८ । ग्रामीण भेगमा कुनै समय घरभित्रैको काममा सीमित महिलाहरु अहिले नेतृत्वमा पुग्न तछाडमछाड गर्ने गरेका छन् ।

घरको काम सम्हाल्नमै आफ्नो समय खर्चिने महिलाहरु पछिल्लो समय विद्यालय, वन, खानेपानी, सिंचाई, टोल विकासजस्ता स्थानीय संरचनाहरुमा बन्ने समितिमा आफ्नो नेतृत्वका लागि तछाडमछाड गर्ने गरेका हुन् ।

सुर्खेतको सुभघाट गंगामाला नगरपालिकाअन्तर्गत पर्ने साविककगुमी गाविसका महिलाहरुले पनि आफ्नो नेतृत्वमा स्थानीय संरचना चलाएका छन् । पहिला–पहिला पुरुषको नै नेतृत्व हुनुपर्छ भन्ने सोच राख्ने महिलाहरु अहिले जुनसुकै भेला, बैठकमा आफ्नो निर्णयलाई पनि मानिनुपर्छ भनेर दबाब दिन थालेका छन् । पहिले समुदायका कुनै काममा चासो नराख्ने गुमी–६ की धनमाया बुढा अहिले छलफल कक्षामा बसिसकेपछि समुदायको नेतृत्व गरेर हिँड्न सक्ने भएकी छिन् ।

उनी भन्छिन छलफल कक्षामा बसेर मैले नेतृत्व विकासको तालिम लिएपछि म पनि नेता बन्न सक्नेरहेछु जस्तो लाग्छ । अधिकार मागेर मात्र होईन खोसेर पनि लिनपर्दोरहेछ ।’’ गाविस अथवा नगरपालिकाबाट महिलाहरुका लागि दश प्रतिशत बजेट छुट्टिन्छ भन्ने कुराको जानकारी पाएपछि अहिले महिलाहरुले आफ्नो ठाउँको विकासमा बजेटको लागि दौडधुपसमेत गर्ने गर्दछन् ।

पहिले बजेटको बारेमा हामीलाई थाहा नै हुन्थेन’’, बुढा भन्छिन्, “अहिले त बजेटको लागि आफ्नो–आफ्नोमा पार्नको लागि तानातान हुन्छ ।” उनका अनुसार वडा नम्बर ६ मा गाउँघर क्लिनिक नहुँदा महिलाहरुलाई पोलियो थोपा, खोप लगाउन जान समस्या थियो । आफ्नो ठाउँमा त्यस्तो समस्या देख्न नसकेपछि बुढाले आफ्नै सक्रियतामा चन्दा सङ्कलनबाट र पटक–पटक बजेट माग गरी गाउँ घर क्लिनिकको भवनसमेत निर्माण गर्न सफल भईन् ।

उनकै सक्रियतामा फेरि बजेट माग गरी गाउँघर क्लिनिकसँगै एउटा शौचालय र खानेपानीको पनि व्यवस्था गर्न सफल भएको बुढाले बताईन् । यतिमात्रै नभएर उनी नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुमी–६ भर्लेनीको व्यवस्थापन समितिको सदस्य पनि छिन् । त्यस्तै, गुमी दोश्रो खानेपानी उपभोक्ता समितिको उपाध्यक्ष, टोल सुधार समितिको, वडा नागरिक मञ्च र गाविसस्तरीय महिला संजालको सदस्य छिन् । वडा नम्बर ६ मै रहेको शान्ती सामुदायिक छलफल केन्द्रको अध्यक्ष रहेकी बुढा लामपोखरी सामुदायिक वन हेरालुसमेत भएर काम गरिरहेकी छिन् ।

विगत तीन वर्षदेखि उक्त वन हेरालु रहेकी उनी सक्रिय भएर वनको हेरचाह गर्ने गरेको भन्दै आफूले काम गर्ने वनको साह्रै माया पनि लाग्ने बताउँछिन् । गुमीकै टीका दर्लामी पनि आफ्नो परिचय भन्न डराउने गर्थिन् तर अहिले उनी सक्रिय भएर गाउँमा हुने भेला बैठकहरुमा सहभागी हुने गर्छिन् । कुनै बैठकमा झुक्किएर गईहाले पनि बोल्न लगाउँछन् कि भनेर लुकेर बस्ने दर्लामी भन्छिन्, मलाई त दुई÷चार जना मान्छे देख्यो कि कस्तो डर लाग्थ्यो, लुकेर घोप्टी परेर बसेर माटो कोट्याउँदै बस्थे, तर अहिले त केही लाग्दैन ।’’ पहिले उनको श्रीमान् अनि समुदायले नजानी–नजानी बाठी पल्टिन खोज्ने भनेर हरेक काममा दख्खल दिने गरेको दर्लामी बताउँछिन् तर अहिले सबैले साथ दिएको उनको भनाइ छ ।

महिला घरबाट बाहिर निस्किएपछि समाजले गलत सोच्छ कि भनेर डराउने गुमीकी धनसरा अधिकारी अहिले अन्य महिलासँग मिलेर सामुहिक काममा सक्रिय भएर लागेकी छन् । पढलेख गरेको भएपनि गुमीकै शान्ति गुरुङ कुनै सामाजिक काममा कहिल्यै पनि सामेल हुन मान्थिनन् । पछि छलफल क ेन्द्रमा सहभागी हुन थालेपछि भने घरबाट भागी–भागी झुट बोलेर सामाजिक काममा लाग्ने गरेको उनी बताउँछिन् । अहिले उनलाई पघिरपरिवारको साथ मिलेको छ ।

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)द्वारा सञ्चालित महिला नेतृत्व परियोजनाअन्तर्गत सञ्चालन भएका छलफल कक्षामा सहभागी भएपछि गुमीका महिलाहरुले बालविवाह, बहुविवाह रोक्नुका साथै जाँडरक्सी न्यूनीकरणका लागि अभियान चलाउने सँगसँगै सामूहिक बेसा र खेती, मकै खेती गरी आयआर्जनसमेत गरेका छन् । महिलाहरुले मासिक बचत सङ्कलन गरी समूहभित्रै ऋण लगानी गर्ने गरेको पनि बताएका छन् । यति मात्रै नभई उनीहरुले गाविसमा नागरिकता शिविर सञ्चालन गरी १ सय ६९ जनालाई नागरिकता उपलब्ध गराउनसमेत मद्दत गरेका छन् ।

उनीहरुले स्थानीय राजन ीतिक दललगायत अन्य नागरिकसँगको सहकार्यमा १ लाख ४० हजार राहत संकलन गरी गुमीमा बाढीपहिरोले क्षति पु¥याएका ४१ घरधुरीलाई सहयोग गरेका छन् ।

त्यस्तै, गुमी स्वास्थ्य चौकीलाई दुई÷दुई वटा बाँटा, बाल्टी, जग र फिल्टर प्रदान गर्नुका साथै समूहबाटै नगद सङ्कलन गरी सुत्केरी गृह बनाउनसमेत सहयोग गरेका छन् । अहिले गुमीमा ११ वटा छलफल कक्षा सञ्चालनमा छन्, जसभित्र पुरुष र बाल समूह पनि रहेका छन् । गुमीमा सञ्चालित छलफल कक्षामा सहभागी १ सय ९७ जना महिलामध्ये १ सय ६ जना स्थानीय संरचनाको नेतृत्वमा पुगेका छन् । गुमीमा महिलाहरु सक्रिय भएर हरेक सामाजिक काममा लागेपछि स्थानीय पुरुष, राजनीतिक दलकप्रतिनिधि सबैले साथ दिने गरेका छन् । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य भीमलाल शर्माले महिलाहरु अहिले हरेक काममा ठूलो सहभागिता हुने गरेको बताए ।

महिलाहरुको सहभागिता विना हामी केही गर्न सक्दैनौँ’’, उनले भने महिलाहरुके सहयोग नभएको भए यो बृहत् खानेपानी योजना पनि सफल हुन्थेन, अब त महिलाहरु पनि पुरुषसँग प्रतिस्पर्धा गरेर काम गर्न सक्छन् ।’’ नेकपा माओवादी केन्द्रका प्रतिनिधि दीपेन्द्र रावतले पनि महिलाहरुले गर्ने हरेक काम सह्रानीय भएको भन्दै आगामी दिनमा महिलाहरुले चालेका कदममा आफ्नो साथ रहने प्रतिबद्धता जनाए । गुमीमा महिलाहरु सक्रिय भएर लागेसँगै समुदायका पुरुषहरुले पनि महिलाहरुसँग हातेमालो गरेर सामाजिक काममा लाग्ने गरेका छन् । अहिले सबैले महिलाको नेतृत्व र कामलाई विश्वास गर्न थालेका छन् ।