२०७७ मंसिर १५, सोमबार

मटेला गाउँ विकास समितिको परिषद् सम्पन्न

सुर्खेत, पुस २८ । मटेला गाउँ विकास समितिको परिषद् सम्पन्न भएको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि गाउँ परिषद् बैठकले योजनाहरु पारित गरेको छ ।

२० औं गाउँ परिषद्बाट एकीकृत योजना तर्जुमा समितिको बैठकले चालुगततर्फ ८ लाख ६८ हजार, पूँजीगततर्फ ५६ लाख १० हजार र समग्र कोष १० लाख लक्षित वर्ग विशेष कार्यक्रममा १८ लाख ५० हजार ४ सय ३८ छुट्याइएको छ । जसअन्तर्गत पूर्वाधार विकासतर्फ विशेषगरी मोटर बाटो निर्माण, खानेपानी मर्मत, गाउँ विकास समितिमा रहेको विद्यालयहरुको भौतिक सुघार कार्यक्रमको लागि प्रस्तावित बजेट विनियोजन गरिएको छ ।

गाउँ विकास समितिका सचिव गोपीप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलक ा प्रतिनिधिहरु, साझ ेदा र संस्थाहरु, अन्य गैरसरकारी संस्थाहरु, वडा नागरिक मञ्च, एकीकृत योजना तर्जुमा समितिगरी ४५ जनाको सहभागिता रहेको साझेदारी विकास परियोजनाअन्तरगत इक्वेल एक्सेस नेपालका सामुदायिक अनुसन्धानकर्मी पदम नेपालीले जानकारी दिएका छन् ।