२०७७ मंसिर १५, सोमबार

रौतहटको बनजरहा तस्करहरुको लालकिला

2056bfe3f036e2a707b38a8c30713a6b_L (1)अभिमनु कुमार पटेल रौतहट २९ पुष ।
रौतहटको क्षेत्र नं २ को गा.वि.स. बनजरहा नाका तस्करहरुको लालकिला बनेको छ । नयाँ प्रहरी उपरिक्षक आउने लगतै नाकाहरु मध्ये बनजरहा नाकामा तस्करहरुको बिहान बेलुका जमावडा शुरु भएको स्थानीय जन गुनासो रहेको छ ।
बेलुका ७ बजे देखि बिहान ४ बजे सम्म गाडीहरुको आवत जावतलगायत अन्य अपराधीक गती विधी देखिएकोले स्थानिय प्रशासन माथि धेरै ठुलो प्रश्न उठेको बुझिन्छ । स्थानीय केही तस्करहरुले जिल्ला प्रशासन र जिल्ला प्रहरीलाई बदनाम गर्दै हिडेकोले समयमै नै शुरक्षा निकायको सचेत हुनु स्थानीय जन मानसको सुझाव रहेको छ । सिमा क्षेत्रमा रहेका ठूलो नाकाहरु लक्ष्मीपुर बेलबिछवा , बन्जरहा र बंकुल केही दिन देखि बन्द रहेका नाकाहरु अहिले धमाधम प्रहरीको घुमुवा र प्रहरीहरुको मिलोमतो खुलेका छन । तिनी नाकाबाट सुपारी , रक्सी लगायत अन्य सामाग्रीहरु खुल्याम तस्करी भईरहेको स्थानीय बासीहरुको गुनासो रहेका छन ।