२०७७ मंसिर १०, बुधबार

तराई–मधेशको समस्या समाधान गर्न सरकार गम्भिर छ – मन्त्री लेखक

सिकेन्द्र पासवान  बारा, २९ पुस भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तराई मधेसको समस्या समाधान गर्नका लागि वर्तमान सरकार लागीपरेको बताएका छन् ।

minister lekhakकलैया मानमत मटियर्वा खडक खण्डको शुक्रबार भारत बिहारको अदापुरसंगै जोडिएको मटियर्वामा सो सडक खण्डको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले तराई मधेसमा देखिएका असन्तुष्टिहरुलाई संविधान संसोधनमार्फत हल गरी मुलुकमा देखिएका समस्याहरुलाई समाधान गर्ने लक्ष्यका साथ सरकारले काम गरीरहेको बताएका हुन्।

मन्त्री लेखकले केही तत्वहरुले पहाडी र मधेसीकोबिचमा भ्रम छरी मुलुकलाई बिखण्डनतिर लाने खोजेको आरोप लगाउदै भने,‘राष्ट्रियतालाई जोगाउन मधेसी, पहाडी, हिमाली सबै लाग्नु पर्छ।’

संविधान कार्यन्वयन स्थानीय निकायका चुनाव मुलुकको आवश्यकता रहेको भन्दै मन्त्री लेखकले सवै दलहरु एकमत भई सो किनारा लगाउनुपर्नेमा ध्यान केन्द्रित गर्न आग्रह समेत गरे।

अर्को प्रसँगमा मन्त्री लेखकले तराई मधेशको मेरुदण्डको रुपमा हुलाकी सडक रहेको भन्दै बिकासको काममा राजनिति नगर्न दलहरुलाई सुझाव दिए। पुर्व मेचीदेखि महाकालीसम्म १५ वटा सडक निर्माणको प्रक्रिया शुरु गरी ८ सय किलोमिटरको वाटो निर्माण गर्ने काममा सरकार लागी परेको समेत जानकारी दिए।

सडक निर्माणले तराई मधेसको बिकास सगै आर्थिक उन्नतीको पनि गर्न वाटो खुल्ने भन्दै बिकासको काममा स्थानिय स्तरवाट सहयोगको खाचो पनि उतिकै आवश्यक रहेको कुरामा जोड दिए।

नेपाल र भारतको सहयोगमा कलैया मानवमत मटियर्वा सडक खण्डको कुल लम्बाई २६ किलो मिटर मटियर्वा देखि पुर्व पश्चिम महेन्द्र राजमार्गको पिलुवासम्म हुनेछसो को कुल लागत ७७ करोड ५५ लाख ५५ हजार ६ सय ७ रुपैया खर्च हुने अनुमान गरिएको मन्त्रालयको सचिव धनबहादुर तमाङ्ले बताए ।