२०७७ माघ ३, शनिबार

आगामी आर्थिक वर्षका लागि वीरेन्द्रनगरको बजेत नीति तथा कार्यक्रम सामाजिक सुरक्षासहित ३० करोडको बजेट

nagarpalika

सुर्खेतको सबै भन्दा पुरानो नगरपालिका वीरेन्द्रनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।

शुक्रबार सम्पन्न भएको नगर परिषद्ले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र प्रस्तावित बजेट पारित गरेको हो । पारित भएको बजेट आर्थिक वर्ष २०७३÷०७४ को संशोधित बजेट भन्दा कम रहेको छ । २०७३÷०७४ को संशोधित बजेट सामाजिक सुरक्षा भत्ता सहित ३१ करोड ८१ लाख ३१ हजार ९ सय ६० रुपैयाँ रहेकोमा आगामि आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बजेट सामाजिक सुरक्षा भत्ता सहित ३० करोड १३ लाख २७ हजार २ सय ६ रुपैयाँ रहेको छ ।

आगामि आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बजेट मध्ये सामाजिक सुरक्षा भत्ता मात्रै १२ करोड रुपैयाँ रहेको छ भने सामाजिक सुरक्षा बाहेकको १८ करोड १३ लाख २७ हजार २ सय ६ रुपैयाँ रहेको छ । त्यस मध्ये पनि आन्तरिक स्रोततर्फको तीन करोड ७१ लाख ८० हजार २ सय ६ रुपैयाँ, राजश्व वाँडफाड एक करोड ८६ लाख, चालु तर्फको निशर्त तथा सशर्त अनुदान आय एक करोड ७७ लाख ५३ हजार रुपैयाँ रहेको नगरपालिकाका कार्यकारी अधिकृत विमलराज आचार्यले जानकारी दिए । यस्तै निर्शतृ पुँजिगत तर्फ ६ करोढड २२ लाख १९ हजार, सशर्त पुजिँगत तर्फ चार करोड ५५ लाख ७५ हजार रुपैयाँ रहेको कार्यकारी अधिकृत आचार्यले बताए । यो बजेट विभिन्न शीर्षकमा खर्च हुनेछ ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न कार्यक्रम गर्ने गरी निर्णय तथा नीतिहरु पनि पारित गरेको छ । जसमध्ये परिषद्बाट प्रदेश न. ६ को राजधानी वीरेन्द्रनगर नगरपालिकामै हुनुपर्ने माग गरिएको छ ।
यस्तै आगामी आर्थिक वर्षलाई सडक मर्मत वर्षको रुपमा घोषणा गर्दै बजार क्षेत्रका सडक मर्मतलाई उच्च प्राथमिकतामा राख्ने, २०७१ सालका बाढिपीडितहरुको व्यवस्थापनको माग गर्ने, भुखण्डिकरणलाई निरुत्साही गर्ने, सडकले नछोएका वडाहरुमा सडक पु¥याउने, नगरपालिकाको विस्तारित क्षेत्रलाई समेत आधार मानेर गुरुयोजना निर्माण गर्ने, सिटी वसपार्क संचालनमा ल्याउने निर्णय परिषद्बाट भएको छ ।

चालु आर्थिक वर्षबाटै ल्याण्डफिल साइड मै फोहोर विसर्जनको व्यवस्थ ागर्ने, अर्ध वार्षिक विशेष सरसफाई अभियान एवंम जाम खोल्ने अभियान संचालन गर्ने, रत्न राजमार्गसंग जोडिएका लाटिकोइली, जर्वुटा, उत्तरगंगा लगायत क वर्गाका सडक तथा वीरेन्द्रनगरका अन्य महत्वपूर्ण सडकको सुधार एवंम स्तरबृद्धि गर्ने निर्णय पनि गरिएको छ । साथै बालमैत्री, वातावरण मैत्री नगर निर्माणका लागि विभिन्न कार्यक्रमहरु तर्र्जुमा गर्ने, रिङरोड तत्काल ३० मिटर को प्रस्ताव गर्दै ५० मिटर को कायम गर्न मुआब्जाका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको छ ।

बालबालिकाको खोज र प्रसुति सेवालाई व्यवस्थित गराउन क्षेत्रीय अस्पताल लगायत स्वास्थ्य केन्द्रहरुलाई बजेट व्यवस्थापन गर्ने, बाल भेलाबाट पारित सवालहरुलाई सम्बोधन गर्दै बालबालिका रेडियो कार्यक्रम, विद्यालयमा बालमैत्री भवन, शैक्षिक सामग्री, बालबालिकाहरुमा खेलकुद कार्यक्रम तथा ज्ञानकला प्रतियोगिता संचालनका लागि पनि वीरेन्द्रनगर नगरपालिकाले बजेट व्यवस्थ गरेको जनाएको छ ।

कार्यक्रमा प्रमुख अतिथी सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बजेट कार्यान्वयन गरी नगरलाई सुन्दर बनाउनुपर्ने बताए । उनले अहिले नगरमा खानेपानीको आवश्यकता रहेको भन्दै भेरीको पानीलाई लिफ्ट गरेर उपत्यकामा ल्याउने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्व मन्त्री यामलाल कंडेल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, विभिन्न राजनीतिक दलहरुका प्रतिनिधीहरु लगायत नगरबासीको उपस्थिति रहेको थियो ।
तस्बीर ः बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरुेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत विमलराज आचार्य ।