२०७७ माघ १२, सोमबार

पर्यटन पूर्वाधारमा लगानी : बालुवामा पानी, गणेश हिमाल क्षेत्रमा पूर्वाधार निर्माणमा अनियमितता –

१ माघ काठमाडौ । नेपालको पर्यटन क्षेत्रमा राज्यले ठुलो रकम खर्च गरिरहँदा त्यसको दुरूपयोग बढेको चिन्ता बढिरहेका बेला त्यस्तै अर्को एउटा रहस्य बाहिर सार्बजनिक भएको छ । गणेश हिमाल क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण गर्ने क्रममा लाखौँ रूपैयाँ अनियमितता भएको कुरा बाहिर सार्बजनिक भएको हो । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले गणेश हिमाल क्षेत्रमा खर्चेको करोडौं रुपैयाँ रकममा व्यापक अनियमितता

ganesh himal

भएको रहस्य सार्वजनिक भएको हो। टानले डिएफआइडी–सामाथ्र्यसँग सम्झौता गरी अघि बढाएको मनास्लु–गणेश हिमाल भौतिक पूर्वाधार विकास परियोजनामा अनियमितता भएको हो । ३ करोड २० लाख रूपैयाँ लागतको उक्त परियोजना सन् २०१४ मार्चमा सुरु गरेर अगष्ट महिनासम्म सक्ने सम्झौता टानले सामाथ्र्यसँग गरेको थियो । तर आजको मितिसम्म पनि उक्त परियोजनाको काम सम्पन्न भएको  छैन । काम नसकिएको मात्र नभइ  परियोजनाको लागत सम्झौताभन्दा झण्डै  २९ लाख रुपैयाँ बढि देखाएर ऋणभार थप्ने कार्य समेत भएको स्रोतको भनाई छ । सम्झौतापछि परियोजनको लागि ३ करोड ८ लाख रुपैयाँ रकम निकाशा भइसकेको छ भने  १२ लाख रुपैयाँ निकाशा हुन बाँकी छ । तर परियोजना अघि बढाउने क्रममा विभिन्न बाहाना बनाएर सम्झौताभन्दा  २९ लाख बढि अर्थात्  ३ करोड ४९ लाख रुपैयाँ खर्च देखाइएको छ ।

Ganesh-Himal-Trek(1)

टानका तत्कालिन अध्यक्ष रमेश धमलाले  संस्थागत प्रस्ताव गरेपछि सामाथ्र्यमार्फत अन्तर्राष्ट्रिय संस्था डीएफआइडीले लगानी गरेको हो । जुन परियोजनाको प्रमुखको जिम्मेवारी टानका तत्कालिन द्धितीय उपाध्यक्ष कुलबहादुर गुरुङले लिएका थिए भने परियोजना इन्चार्जको जिम्मेवारी टानकै तत्कालिन सिइओ गंगासागर पन्तले लिएका थिए । उनीहरुकै मिलेमतो र अगुवाईमा परियोजनामा आर्थिक अनियमितता भएको स्रोतको दाबी छ । परियोजनामा मनास्लु र गणेश हिमाल क्षेत्रको भौतिक संरचना निर्माणको लागि भनेर स्पष्ट उल्लेख गरिएपनि परियोजना प्रमुख कुलबहादुर गुरुङलगायको राजनीतिक अभिष्ट पूरा गर्न सामाथ्र्यलाई ललाईफकाई गरेर गणेश हिमालमा मात्रै लगिएको छ ।  अनियमितता बारे छानविन गर्न समितिसमेत गठन गरिएकोमा छानविन समितिले काममा ढिलाई भएको तथा आर्थिक पारदर्शीता नदेखिएको निष्कर्ष निकालेको थियो । त्यसोत टानले यसअघि गरेको आन्तरिक लेखापरिक्षणले पनि आर्थिक अनियमितता भएको स्पष्ट देखाएको थियो । त्यत्तिमात्रै होइन टानको वार्षिक साधारण सभामा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदनमासमेत उक्त परियोजनामा आर्थिक अपचलन भएको उल्लेख गरिएको छ ।  लामो समयसम्म् निर्माण सम्पन्न नभएको परियोजनासम्बन्धि फिल्ड रिपोर्ट पटक पटक ताकेतापछि बल्ल पठाइएको छ । तर सो रिपोर्ट पनि एकलौटी ढंगले नभएका काम समेत समेटेर पठाइएको टानका एक सदस्यले न्यूजसेवालाई बताए ।  रिपोर्टअनुसार यस क्षेत्रमा भ्यूटावर, बाटोघाटो, पुलपुलेसो तथा पोर्टर सेल्टरहरु निर्माण गरिएको छ । तर जानकारहरुकाअनुसार सो त्यत्ति धेरै खर्च गरेर बनाइएको कुनैपनि भौतिक संरचना चित्तबुझ्दो छैन । पोर्टर सेल्टर निर्माण गरिएको भनिएपनि भेडा, च्याङ्ग्रा राख्ने जस्तो छ । जसकारण जुन प्रयोजनका लागि निर्माण गरिएको हो त्यो प्रयोजनमा ल्याउन सकिएको छैन ।  पर्यटकीय पूर्वाधार निर्माणको नाममा आफ्नो स्वार्थपूर्ति गर्नेगरी बाटो खनेर परियोजनाको रकम दुरुपयोग गरिएको जनगुनासोसमेत आइरहेको छ । त्यस क्षेत्रमा यत्तिका लगानी गरिएपनि पर्यटक जाने वातावरण छैन । पर्यटककलाई पूर्वाधार निर्माण गर्ने नाममा भएको अनियमितता बारे सम्बन्धित् निकायले समेत कुनै चासो देखाएको छैन ।  – http://www.newssewa.com