२०७७ माघ १२, सोमबार

​चिसो बढेपछि बझाङका सबै विद्यालय बन्द

bajhangबझाङ ।  चिसो बढेपछि बझाङका सबै विद्यालय बन्द भएका छन् । विद्यार्थीहरु चिसोका कारण जान नसक्ने भएकाले सबै विद्यालयहरु बन्द गरिएको हो ।  विद्यालय माघको अन्तिममा मात्रै खुल्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । हिमपात भएका कारण अघिल्लो वर्षभन्दा पहिले नै विद्यालय बन्द भएका हुन् । बझाङका प्रावि २ सय ९५, निमावि ८४, मावि ४० र उमावि ३९ तथा निजी ३३ विद्यालय गरी चास सय ९१ विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । /www.newssewa.com