२०७७ मंसिर १७, बुधबार

कृष्ण अात्महत्याः दिपक-दिपाकाे ५० लाखकाे धक्की कारण ? –

dipak-dipa-krishnaकाठमाडाैँ ।नेपाली फिल्मी उद्याेगमा फिल्मले सबैभन्दा बढी चर्चा भएकाे र कमाई गरेकाे भनिएकाे ‘छक्का पन्जा’ फिल्मले एक जनाकाे ज्यानलै लिएकाे छ ।

जसरी फिल्मकाे चर्चा भएकाे थियाे त्यसैगरी निर्माता दिपकराज गिरी र दिपाश्री निराैलालाई हत्या अाराेप लागेकाे छ । उनीहरुलाई नवलपरासी कावासाेतीका कृष्ण सुवेदीकाे हत्या अाराेप लगेकाे हाे । कृष्णले पुस २८ गते चावहिलस्थित अाफ्नै काेठमा झुण्डिएर अात्महत्या गरेका थिए ।

दिपक-दिपाकाे उक्त फिल्म सुवेदीले सार्वजनिक गरेकाे भन्दै दिपक-दिपाले दिएकाे मानसिक दबाब सहन नसकेर कृष्णले अात्महत्या गरेकाे परिवारले बताएका छन् ।

परिवार र सामाजिक प्रयाेगकर्ताकाे अाराेपलाई  सुवेदीकाे सुसाइट नाेटले थप बल दिएकाे छ । उनले अाफ्नाे अात्महत्या नभएर हत्या भएकाे लेखेका छन् । ज्यान मार्ने धम्की अाइरहेकाे समेत उक्त सुसाइट नाेटमा लेखिएकाे छ ।

कृष्णका साथी र परिवारले दिपकराज गिरीले अश्लिल शब्द प्रयाेग गरेर गाली  गर्ने र दुई वर्ष जेल र ५० लाख जरिवाना गरिदिने भन्छु भनेर मानसिक तनाव दिँदै अाएकाे बताएका छन् । कृष्णका दाजु  हरि सुवेदीले प्रहरी र दिपकले दिएकाे टर्चर सहन नसकेर आत्महत्या गरेको आरोप लगाएका छन् ।

कृष्णले फिल्म छक्का पन्जा साथीहरुसँग हेर्दै गर्दा गुगन स्टाेरमा राखेका थिए ।

दिपकराज गिरीले यसबारे सामाजिक सञ्जामा दिएकाे अभिव्यक्ति गैरजिम्मेवार र पन्छिने काेणबाट अाएकाे परिवारकाे अाराेप छ ।

सिनामंगलस्थित नोबेल कलेजबाट ब्याचलर इन पब्लिक हेल्थ पढेका कृष्णले धुलिखेल अस्पतालमा जागिरका लागि नियुक्ति पाइसकेका थिए ।

Source onlinedabali.com