२०७७ मंसिर ८, सोमबार

दुर्गमको पिडा उस्तै कता जान्छ औषधी बिरामी भन्छन ?

माघ २,। यहाँ नेपाल सरकारले जिल्ला अस्पतालबाट सर्व साधारणलाई ७० प्रकारको औषधी, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकिहरुका लागि ३५ प्रकारको औषधी निशुल्क उपलब्ध गराउने भनेपनि जिल््लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकिका लागि जिल््ला स्वास्थ्य कार्यालयबाट पठाएको औषधी बिच बाटोमा नै हराउने गरेको पाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुका लागि कार्यालयले बार्षिक रुपमा १८ देखि २५ लाखसम्म रकमको औषधी खरिद गर्ने गरेको छ ।
mugu

नेपाल स्वास्थ्य सेवा विभाग मध्य पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्ज बाट पनि उतिकै औषधी जिल्लाका लागि आउने भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा सधै भरि औषधीको अभाव हुने गरेको छ ।
सम्बन्धित जिल््ला स्वास्थ्य कार्यालयको मागका आधारमा औषधी पठाउने गरेकाले हरेक वर्ष यति परिमाणको औषधी जिल्लामा पठाएको एकिन भन्न नसकिने मध्य पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्जका प्रमुख डिल्ली पोखरेलले बताए ।
केहि समय अगाडी औषधीको अभाव देखिएपनि अहिले सार्वजनिक खरिद ऐनमा संशोधन भएका कारण औषधी उपलब्धतामा सहजता आएको उनले बताए ।
यता जिल्ला भरका २४ वटा स्वास्थ्य चौकि, चारवटा ईकाई तथा एउटा प्राथामिक स्वास्थ्य चौकिमा सधैभरि औषधी अभाव भईरहेका गुनासा जिल्ला स्वास्थ्य कार्यालयमा आउने गरेका प्रति जिल्ला स्वास्थ्य कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनकारी दिएका छन ।
जिल््ला स्वास्थ्य कार्यालयबाट ग्रामीण भेग क्षेत्रका लागि पठाईएको औषधी कहाँ गयो भन्ने कुरा पत्ता लगाउन निकै कठिनाई भईरहेको जिल््ला स्वास्थ्य कार्यालयका कार्यालयका निमित्त प्रमुख निरक शर्माले बताएका छन ।
हामीले जिल््लाबाट ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका लागि औषधी पठाई रहेका छौ तर गाउँमा औषधी अभाव भएको औषधी नपुगेको भन्ने गुनासो आउछ, जिल््लाबाट पठाएको औषधी कहाँ जान्छ भन्ने कुरा रहस्यमय बन्ने गरेको छ यस प्रति हामी गम्भीर भएर लागेका छौ ।
निमित्त कार्यालय प्रमुख निरक शर्माले बताएका छन । जिल्लाको पश्चिम क्षेत्रमा रहेका खत्याड भेगका सातवटा गाविसमा रहेका स्वास्थ्य संस्थामा औषधीको चरम अभाव रहेको खत्याड भेग स्थित सेरी गाविस स्थानीयवासी जनक टमटाले जानकारी दिए ।
सातवटा स्वास्थ्य चौकि र एक प्राथामिक स्वास्थ्य केन्द्र रहेको यस क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोलको टाटा समेत नपाईने अवस्था रहेको टमटाले बताए । यसैगरी गम्था गाबिसका काली बहादुर परियारले आफ्नो गाबिसमा रहेको स्वास्थ्य चौकीमा कुनै औषधी समेत नभएको र बिरामी हुदा प्राईभेट मेडीकल र जुम्ला गएर महोङ्को मूल््यमा औषधी गर्नु परेको दुखेसो गरेका छन ।

mugun

जिल्लाको पुर्वी भेगमा पर्ने करान क्षेत्रमा रहेका माग्री, पुलु मुगु, डोल्फु, बिम्री गाविसमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरु दुई तिन महिनाको एक चोटी गाउँमा पुग्ने र त्यति वेला लिएको औषधी सबै घरधुरीमा दामासाहीको दरले एकै दिनमा बाँडेर फर्किने गरेको स्थानीयवासीको भनाई छ । डोल्फु गाबिस २ बस्ने धुन्दुप तामाङ्क भन्छन कुनै पनि औषधी पाईदैनन् बिरामि भएको समयमा गमगढी बजार आउनु प्रर्ने कर्मचारी कहील पिन गाउमा बस्दौनन् औषधीहुदैन सारै दुख हुन्छ भनेर बताउछन । जिल्ला स्वास्थ्य कार्यालयबाट सम्बन्धित स्वास्थ्य संस्थाका कार्यालय सहयोगिले औषधी बुझेर लिए पनि बिच बाटोमा नै औषधी वितरण गरि फर्किने गरेको मुगु गाविसका स्थानीयवासी छोर्तेन लामाले बताए ।
दुई तिन दिन अगाढी उत्तरी सोरु भेगका स्थानीयवासीहरु गाउँमा औषधी नपुगेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयमा डेलिकेशनमा आएका थिए । गाउँमा स्वास्थ्य चौकि छ, स्वास्थ्यकर्मि र औषधी हुँदैन । हामीले सधै सिटामोल किन्न पनि निजी मेडिकलहरुमा जानु पर्ने बाध्यता छ , सोरु भेग स्थित जिमा गाविस पुरुमुरु गाउँका स्थानीयवासी सुवार मल्लले गुनासो गरे ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुको मागको आधारमा नियमित रुपमा कार्यालयबाट औषधी पठाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयको औषधी भण्डार शाखा प्रमुख प्रेमबहादुर रावतले बताए । जिल्लाबाट औषधी नियमित पठाएका छौ तर गाउँबाट औषधी नपुगेको गुनासो आउछ जिल्लाबाट पठाएको औषधी कहाँ गयो भन्ने विषयमा कार्यालय गम्भीर भएको छ उनले भने ।

sajhasabal