२०७७ माघ ५, सोमबार

भुकम्पको उच्च जोखिममा वीरेन्द्रनगर उपत्यका १५०५ पछि ठलो भूकम्प आएको छैन यस क्षेत्रमा

तस्बीर ः भुकम्प सुरक्षा दिवसका अवसरमा आयोति ¥याली
तस्बीर ः भुकम्प सुरक्षा दिवसका अवसरमा आयोति ¥याली

सुर्खेत, माघ २ ।यहाँको वीरेन्द्रनगर उपत्यका लगायतका क्षेत्र भूकम्पीय सुरक्षाका हिसाबले उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न अध्ययनहरुले वीरेन्द्रनगर क्षेत्र र अन्य केही क्षेत्रहरु उच्च जोखिममा रहेको देखाएको भुकुम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भौतिक पूर्वाधार र अव्यवस्थित सहरले गर्दा पनि वीरेन्द्रनगर उच्च जोखिममा रहेको भुकुम्प मापन केन्द्र सुर्खेतका रत्नमणि गुप्ताले जानकारी दिए ।

१९ औं भुकम्प सुरक्षा दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा उनले भुकम्प कतिवेला आउछ भन्ने कुरा थाहा नभएपनि कुन क्षेत्र बढी जोखिम हुन्छ भन्ने कुरा पत्ता लगाउन सकिने भन्दै त्यसकै आधारमा सुरक्षाका उपायहरु अपनाउनुपर्ने बताए । भुकम्प सम्बन्धी भएको अध्ययनले यस क्षेत्रमा सन् १५०५ पछि भुकम्प नआएको देखाएकोले पनि आगामी दिनमा यो क्षेत्र जोखिमपूर्ण हुनसक्ने उनको भनाई छ ।

संरचनाहरुमा पर्ने भुकम्पीय असर यसको उत्पन्न प्रकृति, केन्द्रबिन्दुको दुरी, तरंगको दिशा र संरचनाको अवस्थितिमा भरपर्छ । कुनै एक भुकम्पको लागि कुनै निश्चित क्षेत्रमा संरचनाको अवस्थितिबाहेक अन्य कुरा एकै हुन्छन तर पनि हुने क्षति फरक हुन सक्छ, यदि संरचना वर्गाकार छ भने त्यसमा जुन कुनै दिशाबाट आएको तरंगको असर एकै हुन जान्छ तर, यदि आयाताकार छ भने त्यसमा तरंग कुन दिशाबाट आएको छ त्यसले पनि असर गर्ने भुकम्प विद्हरुको भनाई छ ।

नरम भु–बनोट भएको र धेरै हल्लिने क्षेत्रमा अग्ला संरचना बढी जोखिममा हुने र कडा चट्टानमाथि बनेका अग्ला संरचनाहरु पनि बढी जोखिममा नहुनसक्छन । यसर्थ भुकम्पबाट सुरक्षित हुन संरचनामै ध्यान दिनु पर्ने सरोकारवालाहरुको भनाई छ ।
कार्यक्रममा भवन भिडिजन कार्यालय सुर्खेतका इन्जिनियर झंक बहादुर थापाले भवन निर्माण गर्दा भवन ऐन र राष्ट्रिय भवन संहितालाई ध्यान दिए भुकम्पबाट सुरक्षित हुन सकिने बताए ।

भवन सम्बन्धी प्रस्तुति राख्दै उनले भवन सम्बन्धी सामान्वय मापदण्ड पनि पुरा नगर्दा जोखिम बढिरहेको बताए । ‘‘भवन सम्बन्धी आचारसंहिता पालना गर्ने हो भने धेरै सुरक्षित हुन सकिन्छ,’ उनले भने–‘सबैले यो कार्यान्वयन गर्न पहल गर्नुपर्छ, हामीले पनि त्यही गरिरहेका छौं ।।’’

यस्तै कार्यक्रममा क्षेत्रीय प्रशासक वेगेन्द्र पौड्यालले सरकारी निकायका कर्मचारीहरुले पनि काम गर्दा नागरिकहरुलाई भुकम्पबाट सुरक्षित हुनका लागि सचेत बनाउनुपर्ने बताए । उनले सरकारी कार्यालयहरुल अब वार्षिक कार्यक्रममा एउटा भुकम्प सम्बन्धी कार्यक्रम अनिवार्य रुपमा राख्नु पर्ने भन्दै उनले यसका लागि पहल सुरु गर्नुपर्ने बताए । ‘‘नागरिकहरुलाई सुरक्षित हुनका लागि सचेत बनाऔं,’ उनले भने–‘प्रत्येक कार्यालयले अब भुकम्पीय सुरक्षा सम्बन्धी वार्षिक कार्यक्रममा एउटा कार्यक्रम बनाउनुपर्छ, आजैबाट त्यसका लागि पह गरौं ।

’’ क्षेत्रीय प्रशासक पौड्यालले पूर्व सचेत भए भुकम्पबाट डाउनु नपर्ने भन्दै सुरक्षाका उपायहरु अपनाउनुपर्ने बताए । नागरिकहरु भवन बनाउन इन्जिनियरको आँखा छलेर आफै धरापमा बस्ने गरेको भन्दै उनले आफ्नो सुरक्षाका लागि भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आग्रह गरे ।

‘भुकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र पूर्वाधार’ भन्ने नाराका साथ सुर्खेतमा यो दिवस मनाइएको हो । दिवसका अवसरमा मुल आयोजक समितिले स्थानीय मंगलगढी चोकबाट ¥याली निकालेको थियो । ¥यालीमा क्षेत्रीय प्रशासक पौड्याल सहित राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।