२०७७ माघ ८, बिहीबार

सानो त्रुटीले अब विद्युतीय दुर्घटना हुन्न

16106432_1206928232753785_963755055_oसुर्खेतका एक जना व्यवसायीले दैनिक जीवन सहजताका लागि विभिन्न विधुतीय उपकरणको सफल परीक्षण गरेका छन् ।
उनले मानिसको दैनिक जीवनमा सहजता ल्याउने उदेश्यले उक्त विधिुतीय साम्रगीको परीक्षण गरेका हुन् । सुर्खेत वीरेन्द्रनगरको दुर्लभ इनर्जिका संचालक राजकुमार गोदालले लामो समयको अध्ययनपश्चात उर्जा क्षेत्रमा काम गर्दा देखिएका सानासाना समस्याले पु¥याउने ठूलाठूला समस्यालाई न्यूनिकरण गर्नका लागि उपयोगी हुने सामग्री तयार गरेका हुन् ।
गोदालले विधुतीय दुर्घटनाबाट हुन सक्ने समस्याहरुलाई समाधान गर्नका लागि ईजि लाईफ नाम दिएर पहिलो चरणमा ४ वटा उपकरणहरुको सफल परीक्षण गरेका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्र्दै पहिलो चरणमा सफल परीक्षण भएको ब्याट्रि र स्वचालित स्विच उपकरणको सार्वजनिक गरेकाछन् । उनले निर्माण गरेको उपकरणले ब्याट्रिमा भएको एसिडको मात्रा र तापक्रमलाई निरन्तर जाँच गर्नका लागि सहयोग गर्ने छ । जसले गर्दा जुनसुकै समयमा हुन सक्ने विधुतीय दुर्घटनालाई कम गर्नका लागि सहयोग गर्नेछ । यसका साथै ब्याट्रिको एसिडको मात्रा घट्ने, ब्याट्रि तातिने र फुल्ने समस्याबाट पनि बचाउने गोदालले जानकारी दिएका छन् ।

यस्तै उनले निर्माण गरेको अर्काे उपकरण पनि निकै महत्वपूर्ण रहेको छ । उक्त उपकरणले मोटर लगाउदा अटोमेटिक पानी भरिएपछि बन्न हुन्छ । यसले गर्दा मोटर बन्द गर्न विर्सिए पनि कुनै समस्या हुँदैन । पानी भरिएपछि मात्र नभइ मोटरले पानी तानेन भने पनि आफै पावर बन्द हुन्छ । यसबाहेक गोदालले समय र विद्युत चुहावटलाई कम गर्ने गरी स्वचालित स्वीच र सौर्य प्लानलाई स्वचालित रुपमा सफा गर्ने प्रविधिको पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।
तस्बीर ः आफूले निर्माण गरेको प्रविधिको प्रदर्शन गर्दै गोदाल ।