२०७७ मंसिर १४, आईतवार

सुर्खेत जडिबुटि र रत्न पत्थरको हव बन्ने उद्योग खोल्नुहोस, उत्साह दिन्छौंः उद्योेग मन्त्रिी जोशी

16121387_1207765556003386_2123365301_oसुर्खेत, माघ ३ ।सुर्खेतलाई जडिबुटिको हवका रुपमा विकास गरिने भएको छ । त्यसकै लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरमा जडिबुटि प्रशोधन केन्द्रको शिलन्यास समेत गरिएको छ ।

कर्णाली क्षेत्रको प्रदेशद्वार सुर्खेत नै भएकोले त्यहाँका जडिबुटि सुर्खेतमा संकलन गरी प्रशोधन गरेर बजारिकरण गर्ने उद्देश्यले प्रशोधन केन्द्रको शिलन्यास गरिएको हो । कर्णाली क्षेत्रमा थुपै प्रकारका जडिबुटिहरु रहेको तर प्रशोधन नहुँदा सस्तो मूल्यमा विक्रि गर्नुपर्ने बाध्यता रहेकोले अब स्थानीयस्तर बाटै प्रशोधन गरी वितरण गर्ने उद्देश्यका साथ वीरेन्द्रनगरमा प्रशोधन केन्द्र संचालनमा ल्याउन लागिएको हो ।

प्रशोधन केन्द्रको उद्योग मन्त्री नविन्द्रराज जोशीले शिलन्यास गरेका हुन् । सराकारवालाहरुल यो प्रशोधन केन्द्रलाई सरकारी र निजी लगानीको आवधारणा अनुसार अगाडि बढाइनुपर्नेमा जोड दिएकाछन् । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले निजी क्षेत्रको सहकार्यमा प्रशोधन केन्द्र अगाडि बढाउनुपर्ने भन्दै यहाँको आर्थिक विकासको सम्भावनालाई उजागर गर्नुपर्ने बताए । सम्भावना छ मात्रै भनेर बसिरहेको अवस्थामा केही गरेर देखाउनुपनएृ उनको भनाई छ ।

यस्तै सोमबार नै उद्योग मन्त्री जोशीले घरेलु तथा साना उद्योग विकास समितिको मुख्य कार्यालयमा बहुमुल्य रत्न पत्थर कार्यशालाको उद्घाटन गरेका छन् । कार्यशालाको उद्घाटन पछि बोल्दै उद्योग मन्त्री जोशीले सुर्खेतलाई जडिबुटि र बहुमूल्य पत्थरहरुको हवका रुपमा विकास गर्न पहल गर्ने बताए । उनले कर्णाली क्षेत्रमा जडिबुटिहरु र बहुमुल्य पत्थर भएको र सुर्खेत त्यो क्षेत्रको प्रवेशद्वारा सुर्खेत भएकोले सुर्खेतलाई नै जडिबुटि र पत्थरहरुको प्रशोधन केन्द्र बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।यस्तै उद्योग मन्त्री जोशीले उद्योगी व्यवसायीहरुले गाउँ–गाउँमा रहेका नागरिकलाई समेत उद्यमी बन्न उत्साहित हुने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले गाउँगाउँममा घरेलु उद्योग भएपनि खोल्नु पर्ने भन्दै त्यसका लागि हौसला र उत्साह दिनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । रोजगारी श्रृजना उद्योगले नै गर्ने भन्दै उनले धेरै भन्दा धेरै उद्योगहरु स्थापना गर्न सुझाव दिए । मन्त्री जोशीले दैनिक लाखौँ युवाहरु विदेशिएको भन्दै अबको दश वर्षभित्र कोही पनि नेपाली युवाहरु विदेशिन नपर्ने दाबी गरे ।

स्थानीय स्तरमा रहेका श्रोतको सदुपयोग गर्नेतर्फ उद्योग मन्त्रालयाको ध्यान केन्द्रित रहेको उनले बताए । नेपाली र वैदेशिक लगानीकर्तालाई आकर्षित गर्नसमेत मन्त्रालय लागी परेको उनको भनाई छ ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक विनोददेव पन्तले जडिबुटि प्रशोधन केन्द्रको भवन निर्माणका लागि बजेट कम पर्ने भन्दै थप बजेटका लागि पनि पहल गर्न मन्त्री जोशीलाई ध्यानाकर्षण गराए । उनले जडिबुटि प्रशोधनका लागि आधुनिक खालको मेसीन उपलब्ध गराईदिन पनि आग्रह गरे ।

उनले दक्ष प्राविधिकको अभाव भएको उल्लेख गर्दै सीप विकास तालीमको समयावधि तीन महिनाबाट बढाएर ६ महिना बनाएर दक्ष प्राविधिक उत्पादन गर्नतर्फ समेत ध्यानाकर्षण गराए । उद्योगमन्त्री जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौड्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्थानीय विकास अधिकारी अमृत लम्साल, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारी, घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिलगायत राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।